भर्खरै

छिन्नमस्ता गाउँपालिकाद्वारा निःशुल्क विद्युतीय मिटर वितरण

  • प्रकाशित मिति : आइत, पौष २१, २०८१
  • - विद्युत संसार संवाददाता
title

तिलाठी (सप्तरी), २१ पुस । जिल्लाको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका परिवारलाई निःशुल्क विद्युतीय मिटर वितरण गरेको छ । पालिकाभित्रका दलित समुदायका एकल र विपन्न ५९ महिलालाई पालिकाले हिजो निःशुल्क विद्युतीय मिटर उपलब्ध गराएको हो । 
 
मिटर हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले विद्युत् पहुँच विस्तारसँगै आपूर्तिले उहाँहरूको जीवनयापन सहज हुने विश्वास व्यक्त गर्नुभयो । “विद्युत् पछिल्लो समय सबैका लागि आधारभूत आवश्यकता जस्तै बनेको छ । यसको अभावले ती परिवारले हरेक दिन अनेकौँ कठिनाइ भोगिरहनुभएको थियो । बत्ती नहुँदा बालबालिकाको पढाइमा बाधा, महिलाको घरधन्दा र सानातिना रोजगारीका काममा अप्ठ्यारो भएको”, उहाँले भन्नुभयो, “आर्थिक अभावले उहाँहरू सुविधाबाट बञ्जित हुनुहुन्थ्यो ।”
 
उज्यालोको सुविधा भएसँगै यहाँका ५९ परिवारको शिक्षा, रोजगारी र दैनिक कार्यमा सहज हुने बताएका छन् । छिन्नमस्ता गाउँपालिकाले आन्तरिक स्रोत र क्षमताभित्र रहेर आगामी दिनमा एकल महिला, विपन्न वर्ग र दलित समुदायलाई यस्ता सुविधा उपलब्ध गराउँदै जाने अध्यक्ष चौधरीले बताउनुभयो । मिटर वितरणले विद्युतीय चुहावट कम हुने र विद्युतीय दुर्घटनामा पनि कमी आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

खोटाङ, २३ पुस । हलेसी तुवाचुङ नगरपालि 10 hours ago

संघको अध्यक्षपदमा मिलन सिवकोटीको एकल उमेद्वारी

काठमाडौँ, २२ पुष । काठमाडौँ विद्युत 1 day ago