भर्खरै

लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • प्रकाशित मिति : बिही, पौष ११, २०८१
  • - विद्युत संसार संवाददाता
title
किमाथाङ्का (सङ्खुवासभा), ११ पुस । सङ्खुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । सभापोखरी हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो । 
 
सभापोखरी गाउँपालिका–३ मा निर्मित उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङ्टार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
 
आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरू गर्ने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताउनुभयो । विद्युत् उत्पादन गरेपछि प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्नेछ । आयोजनामा तीन हजार एक सय मिटर लामो हेडरेस पाइप तथा छ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानी स्थानीय बाह्रबीसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ ।
 
विसं २०७७ माघदेखि काम सुरु गरेको आयोजनाको निर्माण पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको रोहरबरमा टेस्टिङ तथा कमिसनिङसमेत सम्पन्न भइसकेको छ । उक्त आयोजना करिब रु एक अर्ब १० करोड लागतमा निर्माण भएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago