भर्खरै

सङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन पुष २७ शनिबार, संघद्धारा निर्वाचन तालिका सार्वजनिक

  • प्रकाशित मिति : आइत, पौष ७, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, ७ पुस । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन पुष २७ शनिबार हुने भएको छ । सूर्य इभेन्ट, धुम्बाराही, चाबहिल, काठमाडौँमा सुसम्पन्न हुने आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन बारे सङ्घले पुस ४ गते एक सूचना जारी गर्दै आफ्ना सदस्यहरूलाई जानकारी गराएको छ ।
 
पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृतमा दिलिप कुमार अग्रवाल र निर्वाचन अधिकृतमा प्रभाकर पुरी र राजेन्द्र वैष्णव रहनुभएको छ । अधिवेशनले सङ्घको नयाँ कार्यसमिति समेत चयन गर्ने भएकोले निर्वाचन सम्बन्धी व्यवस्था एवं निर्णयहरू समेत सूचना मार्फत जानकारी गराएको छ । सङ्घको विधानको परिच्छेद ४ दफा १३ क अनुसार, साधारण सभाका सदस्यहरूबाट निर्वाचित भई १५ सदस्यीय एक कार्य समिति गठन गरिने छ । त्यस मध्ये साधारण सभाद्वारा साधारण सभाद्वारा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव, एक जान कोषाध्यक्ष एक जना सहसचिव र ८ जना सदस्यहरूको निर्वाचन गर्नेछ । कार्यसमितिमा निर्वतमान अध्यक्ष एक जना र कार्यसमिति गठन पछि सो समितिद्वारा एक जना कार्यसमिति सदस्य मनोनित गर्ने छ ।
 
कार्यसमितिको पदाधिकारी वा सदस्यमा उम्मेदवार खडा हुन सङ्घले विभिन्न प्रधानहरू तोकेको छ जसमा उम्मेदवारी दिने व्यक्ति अनिवार्य रुपमा नेपाली नागरिक हुनुपर्नेछ ।, अध्यक्षको उम्मेद्वार हुन उमेर २५ वर्ष पूरा भएको तथा अन्य पदाधिकारी एवम् सदस्यको हकमा २१ वर्ष पूरा भएको हुनुपर्नेछ ।, अध्यक्ष, पदाधिकारी एवम् सदस्य पदमा उम्मेदवार खडा हुन व्यक्तिगत फर्मको हकमा सोही फर्मको धनी प्रोप्राइटर तथा साझेदारी फर्मको हकमा साझेदारी मध्ये कुनै तथा कम्पनीको हकमा सञ्चालक वा शेयरधनीले मात्र मनोनयन पत्र दाखिला गर्न पाउने छन ।, अध्यक्ष, पदाधिकारी एवम् सदस्य पदको उम्मेदवारले निर्वाचन समितिले वितरण गरेको उम्मेदवारी फारम भरी सङ्घका साधारण सदस्यहरू मध्येबाट एक जनाले प्रस्ताव र एक जनाले समर्थन गराई हस्ताक्षर सहित फर्म र कम्पनीको छाप लगाई उम्मेदवार स्वयं सचिवालयमा उपस्थित भई मनोनयन पत्र दाखिला गर्नु पर्नेछ । प्रस्तावक र समर्थक दोहोरिन पाउने छैन । दोहोरिएमा उम्मेदवारी स्वत रह हुनेछ ।, उम्मेदवारी दरखास्त फारम शुल्क रु.५००।– तिरी सङ्घको सचिवालयबाट लिन सकिने छ । उम्मेदवारी मनोनयन दर्ता शुल्कमा अध्यक्ष पदको लागि रु.३०,०००।–, पदाधिकारी पदहरूको लागि रु.२०,०००।– तथा कार्यकारिणी सदस्य पदहरूका लागि रु.१०,०००।– प्रति उम्मेदवार लाग्ने छ ।
 
त्यसैगरी उम्मेदवारी दिन, प्रस्तावक र समर्थक बस्न तथा मतदान गर्नको लागि अनिवार्य रुपमा काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको लेखा शाखाबाट कुनैपनि बाँकी बक्यौता नरहेको प्रमाणीत भएको हुनुपर्ने छ ।, कुनै पनि सदस्य, कार्यसमितिको कुनै पनि पदमा उम्मेदवार खडा हुन सदस्यता ग्रहण गरेको मितिले १२ महिना वा एक वर्ष पुरा भएको हुनुपर्ने छ । सो समयावधी नपुगी उम्मेदवारी दर्ता गरिएमा उम्मेदवारी स्वत रह हुनेछ । त्यस्तै उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा उम्मेदवारी दिने व्यक्तिले अनिवार्य रुपमा नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि स्वयंले हस्ताक्षर गरि १ थान, उम्मेदवारको पासपोर्ट साइजको फोटो २ थान र उम्मेदवारको फंमरकम्पनी दर्ता प्रमाण–पत्रको प्रतिलिपि, मू।अ।कर तथा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ। साथै प्रस्तावक र समर्थक समेतको फर्म कम्पनिको मू।अ।कर तथा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
 
सङ्घले प्रकाशित गरेको सूचनामा निर्वाचनमा सहभागी मतदाता तथा उमेद्धवारले पालना गर्नुपर्ने आचार संहिता पनि उल्लेख गरेको छ जसमा निर्वाचन अवधीभर निर्वाचन समितिले दिएको निर्देशनको सबै मतदाता तथा उम्मेदवारहरुले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।, निर्वाचन अबधीभर निर्वाचन स्थलमा मादक पदार्थ सेवन गरी प्रवेश गर्न पाइने छैन ।, मतदान गर्ने क्रममा सबै मतदाताहरुले परिचय पत्र (राष्ट्रिय परिचय पत्ररनागरीकता प्रमाण पत्ररचालक अनुमती पत्ररमतदान परिचय पत्र वा नेपाल सरकारबाट मान्यता प्राप्त अन्य परिचय पत्र) अनिवार्य रुपमा देखाउनु पर्नेछ ।
 
त्यसैगरी निर्वाचन समितिलाई मञ्च हस्तान्तरपा अगाडीसम्म निर्वाचन स्थलमा उम्मेदवारहरुले मतदाता समक्ष मत माग्दा वा चुनाव प्रचार प्रसार गर्दा सभ्य र शिष्ट तबरले मात्र गर्नुपर्नेछ, यस क्रममा प्रतिष्पर्धी उम्मेदवारहरुलाई लान्छना तथा आरोपहरु लगाई चरित्रहत्या गर्न पाइने छैन ।, निर्वाचन आचार संहिता उत्धन वा निर्वाचन समितिको निर्देशन पालना नगरेमा निर्वाचन समितिले सम्बन्धित व्यक्तिलाई पहिलो पटक पालना गर्न सचेत गराउने, दोश्रो पटक चेतावनी दिने, तेश्रो पटकका हकमा उम्मेदवारी दर्ता बदर गर्न वा मतदान गर्न समेतबाट बन्चित गराउन सक्नेछ ।, निर्वाचन समितिलाई मञ्च हस्तान्तरण पछिको समय मौन अवधि मानिने छ। यस कारण सो समयमा सम्बन्धीत उम्मेदवार एवं समर्थकहरु कसैले पनि चुनाव प्रचाररप्रशार गर्न पाइने छैन ।
 
त्यस्तै संघका सदस्यहरुले आर्थिक बर्ष २०८१–०८२ सम्मको सदस्यता नविकरण शुल्क एवं कुनै पनि बाँकी बक्यौता मिति २०८१ पुष २५ गते अपराहन ४ः०० बजे भित्र बुझाई सकेको हुनुपर्ने छ । तर उम्मेदवार हुने, प्रस्तावक एवं सर्मथक बस्नेले उम्मेदवारी दर्ता गर्दाको समयमा नै सदस्यता नविकरण शुल्क एवं बाँकी बक्यौता चुक्त भएको हुनुपर्नेछ । तोकीएको समयसम्ममा पनि नविकरण लगाएत कुनै पनि बाँकी बक्यौता रकम रहेका सदस्यहरुले मतदान गर्न पाउने छैनन् ।
 
त्यस्तै काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको विधानको परिच्छेद ४ दफा ११. ४. (ग) अनुसार सङ्घको कुनै बैठक वा साधारण सभामा भाग लिने र मतदान गर्न स्वंय उपस्थित हुनु पर्नेछ । विशेष परिस्थितिवस उपस्थित हुन नसक्ने सदस्यहरूले साधारण सदस्य प्राप्त गर्ने फर्म, कम्पनी एवम् एसोसियट संघ संस्थाहरूले आफ्नो तर्फबाट सङ्घको कुनै पनि बैठकमा भाग लिन र मतदान गर्न पाउने गरी लिखित रुपमा सो फर्म वा कम्पनीका धनी, संचालक, साझेदार वा बरिष्ठ पदाधिकारीलाई मात्र प्रतिनिधि चुनेर पठाउनु पर्नेछ । प्रतिनिधि पत्र (प्रोक्सी) लाई गणपूरक सङ्ख्यामा गणना गरीनेछ ।
 
त्यसैगरी प्रतिनिधि पत्र (प्रोक्सी) बाट साधारण सभामा सहभागी भई मतदान गर्ने व्यक्तीले आफ्नो प्रतिनिधि पत्र (प्रोक्सी) २०८१ पुष २५ गते अपराहन ३ः०० बजे भित्र सङ्घको सचिवालयमा दर्ता गरि दर्ता नंम्बर लिई सकेको हुनुपर्ने छ । सो समयमा दर्ता नभएका प्रतिनिधि पत्र (प्रोक्सी) बाट प्रतिनिधीत्व गर्ने सदस्यहरुले मतदान कार्यक्रममा सहभागी हुन पाउने छैनन् । र निर्वाचन सम्बन्धी अन्य परिस्थितिमा काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको विधानमा व्यवस्था भएका नियम बमोजीम र सङ्घको विधानमा नखुलेका कुराहरुमा निर्वाचन समितिको निर्णय नै अन्तिम निर्णय मानिने छ ।
 
निर्वाचन सम्बन्धी कार्य तालिकामा प्रारम्भीक मतदाता नामावली (सदस्यता नामावली) प्रकाशन पुस २१ गते आइतबार अपराह्न ०३ः०० बजे सम्म सङ्घको सूचना पाटीमा, उम्मेदवारी मनोनयन पत्र वितरण पुस २१ गते आइतबार देखि पुस २२ गते सोमबार अपराहन ०१ः०० बजे सम्म सङ्घको सचिवालय, उम्मेदवारी मनोनयन पत्र दर्ता सोमबार अपराहन ३ः०० बजे सम्म सङ्घको सचिवालय गर्न सकिने सङ्घले जनाएको छ ।
 
त्यसैगरी मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन २२ गते सोमबार अपराह्न ५ः०० बजे सम्म सङ्घको सूचना पाटीमा त्यस्तै उम्मेदवारको दाबी बिरोधमा उजुरी दिन सक्ने २३ गते मंगलबार अपराहन १ः०० बजे सम्म सङ्घको सचिवालयमा त्यस्तै उम्मेदवारहरुको नामावली प्रकाशन २३ गते मंगलबार अपराह्न ३ः०० बजे सम्म त्यस्तै उम्मेदवारले आफ्नो उम्मेदवारी फिंता लिने २४ गते बुधबार अपराहन २ः०० बजे सम्म सङ्घको सचिवालयमा, त्यस्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन २४गते बुधबार अपराह्न ५ः०० बजे सम्म सङ्घको सूचना पाटी र त्यस्तै अन्तीम मतदाता नामावली प्रकाशन मतदान गर्ने २६ गते विहिबार अपराह्न ०२ः०० बजे सम्म सङ्घको सूचना पाटीमा गरिने संघद्धारा प्रकाशितसुचनामा उत्ललेख गरिएको छ ।
 
हेर्नुहोस् संघद्धारा प्रकाशित सूचना
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

पाँच महिनामा १३ अर्ब चार करोडको विद्युत् निर्यात

काठमाडौँ, ७ पुस । नेपाल विद्युत् प्रा 9 hours ago

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

बाजुरा, ७ पुस । जिल्लाको जगन्नाथ गाउँ 10 hours ago