भर्खरै

ऊर्जामन्त्री खड्काद्वारा रुपन्देहीको जोगीकुटी सबस्टेसनको निरीक्षण

  • प्रकाशित मिति : बिही, पौष ४, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, ४ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपन्देहीको बुटवल उपमहानगरपालि जोगीकुटीमा रहेको १३२/३३/११ केभी सबस्टेसनको निरीक्षण गर्नुभएको छ ।
 
विभिन्न कार्यक्रममा सहभागी हुन हिजो रुपन्देही पुग्नुभएका मन्त्री खड्काले जोगीकुटी सबस्टेसनको अवस्था र विद्युत् वितरणबारे जानकारी लिनुभएको हो । उहाँले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न तथा विद्युत् चुहावट रोक्न निर्देशन दिँदै आयोजनाका बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो ।
 
ऊर्जामन्त्री खड्काले वन तथा अन्य निकायबाट विद्युत्सम्बन्धी अवरोध भएमा तालुक कार्यालय तथा मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिनुभएको थियो । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिका प्रमुखले मन्त्री खड्कासँग विद्युत् लाइन अन्डरग्राउन्ड गर्न आग्रह गरेपछि उहाँले प्रादेशिक कार्यालयलाई विद्युत् लाइन अन्डरग्राउन्ड गर्न निर्देशनसमेत दिनुभयो ।
 
मन्त्री खड्कालाई लुम्बिनी प्रदेशमा भएको विद्युत् उत्पादन, प्रसारण र वितरण तथा सबस्टेसनका बारेमा प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेले जानकारी गराउनुभएको थियो । जोगीकुटी सबस्टेसनमा कालीगण्डकी, चन्द्रौटा, बर्दघाट र मैनहियाको विद्युत् प्रसारण सञ्जाल रहेको छ ।

प्रतिक्रिया