भर्खरै

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

  • प्रकाशित मिति : बुध, पौष ३, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, ३ पुस । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी  नियुक्त हुनुभएको छ ।
     
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार