भर्खरै

तनहुँमा विद्युत् वितरण प्रणालीमा सुधार गरिँदै

  • प्रकाशित मिति : मंगल, मंसिर १८, २०८१
  • - विद्युत संसार संवाददाता
title
दमौली (तनहुँ), १८ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले वितरण प्रणाली सुधार र विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ । कार्यालयले विभिन्न ठाउँमा वितरण प्रणाली सुधार गर्दै विद्युतीकरण भइरहेको जनाएको छ । 
 
सुदृढीकरण तथा क्षमता वृद्धिअन्तर्गत आँबुखैरेनी सबस्टेसनमा पाँच र आठ एमभिए ट्रान्सफर्मर रहेकामा ती एमभिएलाई वृद्धि गरी आठ र १६ दशमलव छ जडान गरिएको केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिका–६ शिशाघाट क्षेत्रमा सात सय र अन्य स्थानमा दुई सय ५० गरी नौ सय ५० काठका खम्बा परिवर्तन गरिएको छ । 
 
अन्य स्थानमा रहेका सिमेन्ट तथा फलामका एक सय ५५ खम्बा पनि फेरिएको रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका म्याग्दे गाउँपालिकाको फलामडाँडा, गाउस्वाँरा, देउराली, अर्घालेटार, आँबुखैरेनीको सत्रसय, थुम्का, दुईपिप्ले, वाग्लेफाँट, व्यासको शिशाघाट, शेरा, घाँसीकुवा, आँबुलगायत विभिन्न स्थानमा दुई सय र तीन केभिए ट्रान्सफर्मर जडान गरिएको छ । 
 
कार्यालयलाई वितरण प्रणाली सुधारका लागि रु तीन करोड बजेट प्राप्त भएकामा उक्त बजेटबाट दमौली भोर्लेटारचोकबाट बेलबाससम्म नाङ्गोतार हटाउने ‘साइज अपग्रेड’ गरी एबिसी केबल राखिएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार डुम्रेबाट साजबोटेसम्म नाङ्गोतार हटाएर छ किलोमिटरसम्म ‘कभर कन्डक्टर’ तानिएको छ । 
 
ग्रामीण विद्युतीकरणअन्तर्गत देवघाट गाउँपालिकाका सार्वाङ्ग, काफलडाँडामा ११ मिटरका एक सय स्टिलका खम्बा तथा आठ र नौ मिटरका पाँच सय स्टिलका खाम्बा राखिएको छ । रेग्मीका अनुसार सोही गाउँपालिकाको बगन्दी, जामुनेमा, बिमिस्वारा, घण्टाचुली, वाटकमा ११ मिटरका एक सय तथा आठ र नौ मिटरका एक हजार ५० थान स्टिलका खम्बा राखिएका छन् । 
 
विद्युत् प्राधिकरणको रु ८० लाख र सङ्घीय सरकारबाट प्राप्त रु ८० लाखको लागतमा जिल्लामा यसअघि छुटपुट भएका केही स्थानमा विद्युतीकरणको काम सम्पन्न गरिएको रेग्मीले जानकारी दिनुभयो । म्याग्दे गाउँपालिका–६ कुसुन्डे, बन्दीपुर गाउँपालिका–५ सत्रसय थुम्का, म्याग्दे–३ गाउस्वाँरा, बन्दीपुर–५ फलामडाँडा, भानु नगरपालिका–७ देउरालीटारमा लाइन विस्तार तथा ट्रान्सफर्मर जडान गरिएको उहाँले बताउनुभयो । 
 
यसैगरी व्यास–११ घाँसीकुवा र शेरामा दुई वटा ट्रान्सफर्मर थप, व्यास–१२ छिर्कने तल्लो बजारमा ट्रान्सफर्मर थप, व्यास–१० शेरा, बिपीभञ्ज्याङ, मङ्गलीगैरामा भोल्टेज सुधार, व्यास–१ गल्वुबेँसी, चारकुने, तालघरे, डाँडाटोल, रतौली, भादगाउँमा लाइन विस्तार तथा भोल्टेज सुधार र व्यास–७ शेरामा ट्रान्सफर्मर थप गरिएको रेग्मीले बताउनुभयो । देवघाट गाउँपालिकाका केही ठाउँ र साविक शिशाघाट सामुदायिक क्षेत्रमा छुटपुट विद्युतीकरणका लागि बजेट अपुग भएकाले तत्काल काम गर्न नसकिएको उहाँको भनाइ छ । 
 
वितरण केन्द्रको कार्यक्षेत्र तनहुँसहित कास्की र लमजुङ जिल्ला पर्दछ । केन्द्रको कार्यक्षेत्रमा व्यास नगरपालिकाका सबै वडा, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका– ९, १०, ११ बाहेक सबै वडा, देवघाट गाउँपालिका–१, २, ३, ४ र ५, ऋषिङ गाउँपालिकाका सबै वडा, म्याग्दे गाउँपालिकाका सबै वडा, लमजुङको मध्यनेपाल नगरपालिका–१, २, ३, ४, ५ र कास्कीको रुपा गाउँपालिका–३ र ४ पर्दछन् । 
 
कार्यालयले मुख्य कार्यालयसहित १३ उप–वितरण तथा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । केन्द्रका अनुसार तनहुँ वितरण केन्द्र चापाघाट कार्यालय तथा काउण्टर, डुम्रे उपवितरण केन्द्र, आँबु उपवितरण केन्द्र, दुईपिप्ले पिप्ले नोलाइट, थर्पु नोलाइट, बन्दीपुर, ऋषिङ, केशवटार, नारेश्वरटार, पुर्कोट, बसन्तपुर, सेपाबगैँचा, चन्द्रावती, पोखरीछाप नोलाइट तथा फ्युज सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago