प्रधानमन्त्री ओली–सिपिसी अध्यक्ष भेटवार्ता

  • प्रकाशित मिति : मंगल, मंसिर १८, २०८१
  • - विद्युत संसार संवाददाता
title

बेइजिङ (चीन), १८ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो ।
 
साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सिपिसीका गतिविधि एवम् राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्य पनि परामर्श गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
 
यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो । प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

बिआरआईबाट नेपालले लाभ लिनेछः प्रधानमन्त्री

बेइजिङ, चीन १९ मङ्सिर । चीनको औपचारिक 1 hour ago

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

काठमाडौँ, १९ मङ्सिर । सरकारले ऊर्जा क 3 hours ago

तनहुँमा विद्युत् वितरण प्रणालीमा सुधार गरिँदै

दमौली (तनहुँ), १८ मङ्सिर । नेपाल वि 21 hours ago

सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ, १८ मङ्सिर । भारतको भ्रमणमा 21 hours ago

नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो

काठमाडौँ, १८ मङ्सिर । नेपाल स्टक एक्स 21 hours ago