पोखरा इलेक्ट्रिकल एसोसिएसन कास्कीको १३ औ अधिवेशन पौष ६ गते
- प्रकाशित मिति : मंगल, मंसिर १८, २०८१
- - विद्युत संसार संवाददाता
पोखरा, १८ मंसिर । पोखरा इलेक्ट्रिकल एसोसिएसन कास्कीको २५ औं वार्षिक साधारण सभा तथा १३ औ अधिवेशन यही पौष ६ गते शनिबार हुने भएको छ ।
२०८१ कार्तिक ८ गते बसेको कार्य समिति एवं सल्लाहकार सहितको पूर्ण बैठकको निर्णय अनुसार यस सङ्घको वार्षिक साधारण सभा र १३ औ अधिवेशन तोकिएको हो ।
सङ्घले वार्षिक साधारण सभा र अधिवेशन जानकारी गराउँन एक सूचना सार्वजनिक गर्दै उक्त कार्यक्रम अगावै आफ्नो व्यवसायको नवीकरण गरि सहयोग गरिदिन पोखराका सम्पूर्ण विद्युतीय व्यवसायीहरूलाई अनुरोध गरेको छ ।
सङ्घ औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गीण विकास तथा विद्युतीय क्षेत्रमा प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो । सङ्घले आफ्नो सदस्यहरूको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदै अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।