पेट्रोलको मूल्य बढ्यो

  • प्रकाशित मिति : आइत, मंसिर १६, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १६ मङ्सिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले हिजोे राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू एकले बढाएको छ ।
 
बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ पैयाँ र तेस्रो वर्गमा एक सय ६० रूपैयाँ तोकिएको छ ।
 
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललगायतका स्थान छन् ।
 
निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रू दुईका दरले वृद्धि गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १४ रूपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत राखिएको निगमले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

बिआरआईबाट नेपालले लाभ लिनेछः प्रधानमन्त्री

बेइजिङ, चीन १९ मङ्सिर । चीनको औपचारिक 1 hour ago

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

काठमाडौँ, १९ मङ्सिर । सरकारले ऊर्जा क 3 hours ago

तनहुँमा विद्युत् वितरण प्रणालीमा सुधार गरिँदै

दमौली (तनहुँ), १८ मङ्सिर । नेपाल वि 21 hours ago

सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ, १८ मङ्सिर । भारतको भ्रमणमा 21 hours ago

नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो

काठमाडौँ, १८ मङ्सिर । नेपाल स्टक एक्स 21 hours ago