भर्खरै

जलविद्युत् आयोजनाको संरचना निर्माण गर्दा क्षति भएकालाई क्षतिपूर्ति

  • प्रकाशित मिति : आइत, मंसिर ९, २०८१
  • - विद्युत संसार संवाददाता
title
दमौली (तनहुँ), ९ मङ्सिर । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु गरिएको छ । 
 
प्याकेज–१ का संरचना निर्माणका क्रममा बिस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गर्न सुरु गरेको हो । मुआब्जा निर्धारण समितिबाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १९ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् रकम वितरण थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । 
 
भण्डारीका अनुसार क्षति भएका घरको अनुगमनपश्चात् अधिकतम रु तीन लाख र न्यूनतम रु १० हजार क्षतिपूर्ति तोकिएको छ । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको क्षतिपूर्ति रकम वितरण गरिएको छ, ७० प्रतिशत घरधुरीले रकम बुझिसकेका छन् ।”
 
संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर, आयोजनाका इञ्जिनियरलगायत सदस्य थिए । 
 
आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेजअन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म यो प्याकेजको प्रगति ३५ दशमलव सात प्रतिशत रहेको भण्डारीको भनाइ छ । 
 
यो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सुरु गर्न पूर्वतयारीका कार्यहरु भइरहेका छन् । भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान कार्य सम्पन्न गरिएको छ । भण्डारीले भन्नुभयो, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिटिङ र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।”
 
सेती नदीको दायाँबायाँ किनारतर्फ ग्राउटिङ ग्याली सुरुङ निर्माणका लागि खन्ने कार्य सुरु गरिएको छ भने सेती नदीको दायाँ किनारतर्फको इलिभेसन तह तीन सय ७५ मिटरमा ग्राउटिङ ग्यालरी सुरुङ निर्माणका लागि खन्ने र त्यसका आवश्यक सहयोगका लागि रकबोल्ट, सटक्रिट कार्यसहित यस अवधिमा दुई मिटर काम सम्पन्न गरिएको भण्डारीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago