अवलोकनकर्ताको उत्साहजनक उपस्थिति

  • प्रकाशित मिति : आइत, मंसिर २, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघ द्धारा आयोजिक “फिन इलेक्ट्रो टेक २०२४” मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । 
 
विहिबार देखि काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना भईरहेको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको हिजो शनिवार अत्याधिक चाप बढेको थियो । ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्ने नाराका साथ चलिरहेको अन्तराष्ट्रिय स्तरको इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स् सामग्रीहरुका बृहत प्रदर्शनी एवं गोष्ठीमा अवलोकनकर्ताहरुको उत्साहले महासंघलाई अझ थप उर्जा मिलेको महासंघका अध्यक्ष रेशम देवकोटाले बताउनुभयो ।
आजसम्म संचालन हुने प्रर्दशनी उद्घाटनको दिन विहिबार ७ हजार, शुक्रबार ९ हजार र हिजो शनिबार १७ हजार गरि तीनदिनमा ३३ हजारले अवलोकन गरेको महासंघले जनाएको छ ।
 
आम उपभोक्तालाई नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ मेला आयोजना भएको महासंघका अध्यक्ष रेशम देवकोटाले बताउनुभयो । मेलाको आज अन्तिम दिनसम्म आईपुग्दा अवलोकन कर्ताहरुले नयाँ नयाँ प्रविधिमा विशेष चासो दिएको महासंघका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 
 
मेलामा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, सहसचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले पनि अवलोकन गरेका थिए । नेपाली क्रिकेट टोलिका पूर्व कप्तान एवं क्रिकेट एसोसिएशन अफ नेपालका (क्यान) का सचिव पारस खड्काले अवलोकन गर्नुभएको छ । साथै नेकपा एकीकृत समाजवादी (एस) का नेता सोमप्रसाद पाण्डेले पनि मेलाको अवलोकन गर्नुभएको छ । 
 
महासंघले मेलाको तेस्रो दिनको अवसर पारेर नवीनतम प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफल पनि गरेको छ । उक्त छलफलमा गण्डकी प्रदेशका सीटीईभीटीका कार्यकारी निर्देशक डा. सोमलाल सापकोटा, इन्जिनियर उपेन्द्र बडाल, महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेल र ट्रान्सवेल्ड ट्रान्सफर्मर प्रा.लि.का प्रवन्धक निर्देशक अमुल श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । 
सो छलफलमा अध्यक्ष अमुल श्रेष्ठले सरकारको नीति नियम स्थिर नहुँदा व्यवसायीलाई लगानी बढाउन अफ्ठ्यारो भएको बताउनुभयो । आफ्नो कम्पनीले ट्रान्सफर्मर उत्पादन गर्ने जानकारी दिँदै व्यवसायीलाई लगानीको वातावरण मिलाउन सरकार लाग्नु पर्ने उहाँको भनाइ छ । 
 
यस्तै, महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको माग र प्रयोग बढ्दै गएको जानकारी दिनुभयो । वार्षिक रूपमा यस्ता सामग्री १०५ अर्ब रुपैयाँको सामान आयात भइरहेको छ, यो क्षेत्रलाई विशेष महत्व दिएर सरकार अगाडि बढ्नु पर्छ,’ उहाँले भन्नुभयो । 
यस्तै डा. सोमलाल सापकोटाले इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका दक्ष प्राविधिक जनशक्ति तयार गर्न आवश्यक रहेको बताउनुभयो । 
विद्युतीय सामग्रीको प्रयोगसँगै प्राविधिकको विकास गर्न सक्यो भने यसको बजार थप मजबुद भएर अगाडि बढ्ने बताउनु भयो । यसैगरी इन्जिनियर उपेन्द्र बडालले घरमा लगाउने विद्युतीय सामान ग्राहकहरूले गुणस्तर छान्न सुझाव दिनु भयो ।
 
उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्राण्डका विद्युतीय सामग्री उपलब्ध रहेको यस मेला धेरैको आकर्षणमा परेको देखिन्छ । युनिलाईट इन्टरनेशनलको कन्जेन वाटर प्यूरीफाइर्, अर्किडको इन्फ्रारेड विद्युतीय चुल्हो, ट्रान्सवेल्ड ट्रान्सफर्मरले राखेको ४ हजार केभीएको विद्युत् ’ट्रान्सफर्मर’ लगायतका सामग्री आम अवलोकनकर्ताको आकर्षणमा छन् ।
 
नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रणका उपकरणहरु, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको मेलामा प्रदर्शन गरिएको छ । फिन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । मेलामा स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको महासंघले जनाएको छ ।  फीन इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने फीन इलेक्ट्रो टेकमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका छन् । यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, एल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया