भर्खरै

अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नसक्ने गरी स्थापित भइसकेका छौंः प्रवन्धक निर्देशक श्रेष्ठ

  • प्रकाशित मिति : आइत, मंसिर २, २०८१
  • - विद्युत संसार संवाददाता
title

अमुल श्रेष्ठ
प्रवन्ध निर्देशक, ट्रान्सवेल्ड नेपाल प्रा.लि.

काठमाडौं, २ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासङ्घ (फिन)द्धारा आयोजित ११ औं संस्करणको फिन ईलेक्ट्रो–टेक२०२४को मुख्यप्रायोजक ट्रान्सवेल्ड नेपाल प्रा.लि.रहेको छ ।  
 
सन १९९५ मा स्थापना भएको ट्रान्सवेल्ड नेपाल प्रालिले डिष्ट्रिव्यूसन ट्रान्सफर्मर उत्पादन गर्दै आइरहेको छ ।  बिगत ३ दशकको लामो अनुभवबाट कम्पनीले ट्रान्सफर्मरको क्षेत्रमा नयाँ– नयाँ प्रडक्टहरू बजारमा उपलब्ध गराउँदै आइरहेका छ । हालैमात्र एडभान्स खालको ’हर्मेटिकल्ली सिल’ ट्रान्सफर्मर बजारमा ल्याएको छ । 
 
अन्तर्राष्ट्रिय स्तरको CPRI APPROVED इण्डियाबाट टेष्ट प्राप्त कम्पनीले आफ्नो प्रडक्टलाई गुणस्तरीय रहेको पुष्टि गरेको छ । कम्पनीले नेपाल गुणस्तर चिन्ह (एनएस) समेत प्राप्त गरिसकेको छ । यस कम्पनीको ट्रान्सफर्मरहरु बजारमा जानुभन्दा अगाडी नेपाल विद्युत प्राधिकरणको ल्याब टेष्ट रिर्पोट पश्चात मात्र जडान गरिन्छ । जसले कम्पनीको उत्पादनलाई अझ विश्वसनियता बढाएको छ । 
 
कम्पनीले संसारभरका ब्राण्डसँग प्रतिस्पर्धा गर्नसक्ने गरी इन्टरनेशनल स्ट्यान्डर्ड पास भएसँगै अब अन्तर्राष्ट्रिय बजारमा ट्रान्सफर्मर निर्यातको लागि अन्तर्राष्ट्रिय बजारको अध्ययन र पहल गरिरहेको छ ।
कम्पनीले २५ केभिए देखि ५ हजार केभिएसम्मका ट्रान्सफर्मर नेपालमा नै उत्पादन गर्ने गरेको छ । २९ बर्षमा कम्पनीले  १२ हजार भन्दा बढी ट्रान्सफर्मर उत्पादन गरिसकेको छ । कम्पनीको आफ्नो प्रोड्क्ट ३ वर्षको वारेन्टी र विक्री पश्चात २ वर्षसम्म सेल्स सपोर्ट रहने छ । 
 
ट्रान्सफर्मरमा नेपाल आत्मनिर्भर भइसकेको अवस्थामा नेपालमा भएको माग भन्दा यहाँ उत्पादन क्षमता धेरै भएकोले अब अन्तर्राष्ट्रिय बजारमा निर्यातको वातावरण बनाउन सरकारले व्यवसायी मैत्री बाताबरण बनाउन जरूरी छ । यस विषयमा सरकारको ध्यान पुग्न आवश्यक रहेको कम्पनीको बुझाई छ ।
 
प्रवन्ध निर्देशक अमुल श्रेष्ठसँग विद्युत संसार डटकमका सम्पादक भीमलाल श्रेष्ठसँग भएको कुराकानीमा आधारित ।

प्रतिक्रिया