भर्खरै

संघद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोम, भदौ ३१, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, ३१ भदौ । काठमाडौं विद्युतीय व्यवसायी संघले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघले आज सोमबार सुन्धारा इनभेष्टमेन्टको भवन भोटेवहालमा भएको कार्यक्रममा ५३ जनाले रक्तदान गर्दै कार्यक्रम सम्पन्न गरेको हो । 
 
कार्यक्रमलाई सुन्धारा इनभेष्टमेन्ट कम्पनी लिमिटेडको सहयोगमा कार्यक्रम सम्पन्न भएको संघका सचिव श्रीलाल श्रेष्ठले जानकारी दिनुभयो । नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपध्यक्ष प्रेम बहादुर जिसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
 
 
विहान ११ बजे देखि सुरुभएको कार्यक्रम ३ः३० बजे समापन भएको थियो । कार्यक्रममा व्यवसायी सदस्यहरुको स्वास्थलाई मध्यनजर गर्दै निःशुल्क सुगर परिक्षण कार्यक्रम समेत गरिएको थियो । 
 
संघले काठमाडौं जिल्लामा विद्युतीय सामानहरुको उत्पादन, विक्री तथा तत्सम्बन्धी व्यवसाय गरिरहनु भएका उद्यमी एव्म व्यापारी/व्यावसायीहरु बीच आपसी समन्व्य र सहयोग गरी यस वर्गको हकहितको संरक्षणमा लाग्दै आएको छ । संघले रक्तदानसँगै विभिन्न सामाजिक कार्यका साथै सदस्यहरुको मनोरञ्जनका लागि हाईकिङ्ग, फुट्सल लगायत कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । 
 

प्रतिक्रिया