भर्खरै

तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान

  • प्रकाशित मिति : आइत, भदौ ३०, २०८१
  • - विद्युत संसार संवाददाता
title

तनहुँ ३० भदौ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ ।
 
बर्दियाको बारबर्दिया नगरपालिका–१ निवासी मृतक ३८ वर्षीय रामकुमार थारुको परिवारलाई क्षतिपूर्ति वापत रु ३० लाख उपलब्ध गराएको हो । 
 
आयोजनाअन्तर्गत सिनो हाइड्रोमा काम गर्ने सिलसिलामा प्लाइउडले लागेर २० मिटर तल खस्दा घाइते भएका थारुको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया