भर्खरै

बुटार र इच्छाकामनालाई जोड्ने ‘बेलिब्रिज’ सञ्चालन

  • प्रकाशित मिति : बिही, भदौ २०, २०८१
  • - विद्युत संसार संवाददाता
title

गोरखा, २० भदौ । गोरखाको गण्डकी गाउँपालिका-१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका-३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज सञ्चालनमा आएको छ ।
 
वुटारमा निर्माणाधीन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाको निर्माण सामग्री ढुवानीको सहजताका लागि उक्त ब्रिज बनाइएको हो ।
 
आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बुधबार संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।
 
गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले निर्माण गरेको हो । 
 
उद्घाटन कार्यक्रममा बोल्दै प्रालिका निर्देशक निरन्जनकुमार रेग्मीले १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताउनु भयो । उहाँका अनुसार पुलको लम्वाई ११६ मिटर र चौडाई ४.२ मिटर रहेको छ ।
 
‘यो ब्रिज २० टन भारवहन क्षमताको छ,’ उहाले भन्नुभयो ‘एक पटकमा एउटा गाडी मात्र आउजाउ गर्न मिल्छ ।’ चार महिनामा पुल निर्माणको काम सम्पन्न भएको र वुधवारबाट सवारी आउजाउ खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो ।
 
उक्त पुलबाट गण्डकी गाउँपालिकाको ताङ्लीचोक, मकैसिङ, भुम्लिचोक लगायतका स्थानीय बढी लाभान्वित हुने बताइएको छ ।
 
 
झोलुंगे पुलबाट उत्पादित कृषिजन्य सामग्री ल्याउनुपर्ने बाध्यता रहेपनि अबका दिनमा गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयलाई सहज भएको छ ।
 
इच्छाकामनाका विद्यालयमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकालाई विद्यालय आउन थप सहज पनि भएको छ ।
 
यसअघि झोलुङ्गे पुलबाट बोकाएर ल्याउनुपर्ने बाध्यता रहेपनि अवका दिनमा पुल मार्फत गाडीबाटै ढुवानी गर्न सकिने बताइएको छ । उक्त पुल मार्फत मकैसिङ, नाम्जुङ आहाले हुदैँ गोरखा सदरमुकाममा पनि पुग्न सहज र दुरीको हिसावले छोटो हुने पालिकाले जनाएको छ ।
 
सो कम्पनीका निर्देशक निरञ्जन रेग्मीले रु १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार पुलको लम्बाइ ११६ मिटर र चौडाइ ४.२ मिटर रहेको छ । यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ ।

प्रतिक्रिया