भर्खरै

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी कुसुमदेवी थापा निर्विरोध निर्वाचित

  • प्रकाशित मिति : मंगल, साउन १५, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १५ साउन । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
 
 कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित हुनुभएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गर्नुभयो । यसअघि पनि समितिको सभापति कांगे्रसको भागमा परेकामा सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त हुनुभएपछि सो पद रिक्त हुनपुगेको थियो । 
 
समितिको सभापति पदमा कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो । 

प्रतिक्रिया