भर्खरै

संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजे बस्ने

  • प्रकाशित मिति : सोम, साउन १४, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १४ साउन । संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 
 
समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको थियो । बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 
 
संवैधानिक परिषद्ले गत असार २ गते उहाँको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । आजको बैठकले प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ मङ्सिर । यो साता कारोबारक 19 hours ago

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

काठमाडौँ, ९ मङ्सिर । नेपाल विद्युत् प 19 hours ago