भर्खरै

प्रकाश केबल कम्पनीको हाउस वायरीङ्ग केबलमा मूल्यवृद्धि

  • प्रकाशित मिति : शुक्र, साउन ४, २०८१
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौँ, ४ साउन । नेपालका तार उत्पादन गर्ने कम्पनीहरू मध्ये प्रकाश केबल कम्पनीको हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि भएको छ । 
 
प्रकाश केबल कम्पनीको प्रकाशित सूचनाका अनुसार साउन १ गते मङ्गलबार देखि लागुहुने गरि हाउस वायरीङ्ग र फेलेक्जीवेल तारमा मूल्यवृद्धि भएको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा कपर, प्लास्टिक तथा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै हाउस वायरीङ्ग तारको मूल्यमा वृद्धि गर्नुपरेको कम्पनीले जनाएको छ । 
 
कम्पनीले जारी गरेको दररेट अनुसार हाउस वायरिङ्ग तारमा एमआरपी रेट क्रमशः ०.७५ स्क्वयर एमएम १ हजार ९सय, १.०० स्क्वयर एमएम को साईजमा २ हजार ४ सय ९० रुपैया ,१.५ स्क्वयर एमएम को साईजमा ३ हजार ७ सय २० रुपैया ,२.५ स्क्वयर एमएम को साईजमा ६ हजार १ सय १० रुपैया,४.०० स्क्वयर एमएम को साईजमा ९ हजार ३ सय ३० रुपैया , ६.०० स्क्वयर एमएम को साईजमा १३ हजार ७ सय ९० रुपैया, १०.०० स्क्वयर एमएम को साईजमा २३ हजार ६ सय ४० रुपैया र १६.०० स्क्वयर एमएम को साईजमा ३६ हजार ३ सय ८० रुपैया एमआरपी रेट लागु गरि समग्रमा हाउस वायरीङ्ग केबलमा करिब १३.७४ प्रतिशतले मूल्यवृद्धि गरिएको देखिन्छ भने पावर केबलहरुमा यथावत दररेट कायम गरिएको छ । 
 
तार उत्पादन गर्नेहरूको साझा संस्था (निमा)ले यस आर्थिक वर्षदेखि आ–आफ्नो कम्पनीको उत्पादन लागत र खर्चको आधारमा आ–आफ्नो उपभोक्तालाई बजार मूल्य राख्न पाउने गरी खुला गरेकोले प्रकाश केबलले आफ्नै एमआरपी दररेट लागु गरेको हो । तार उत्पादन गर्ने कम्पनीहरू मध्ये केही कम्पनीहरूले हालसम्म पुरानै (साबिक) दररेट कायम गरिएको छ भने केही कम्पनीहरूले मूल्य बढाउने योजनामा रहेको विद्युत संसार डटकम सँगको कुराकानीमा कम्पनीहरूले जानकारी दिएको छ । 
 
यी तार कम्पनीहरूले नेपाल गुणस्तर विभागले दिएको मापदण्डलाई अक्षरसः पालना गर्दै आफ्नै ढङ्गबाट स्वच्छ र स्वस्थ प्रतिष्पर्धामा जान उत्पादित कम्पनीहरूलाई अवसर र चुनौती समेत रहेको देखिन्छ ।
 
बजार अनुगमनका लागि सम्बन्धित सरोकार निकायले सम्पूर्ण बजार नियमित अनुगमन हुनुपर्नेमा सम्पूर्ण व्यवसायी उपभोक्ताहरूको माग रहेको छ । 
 
व्यवसायी नै अन्योलमा 

नेपाली बजारमा हाउस वायरीङ्गको मुल्य वृद्धिमा व्यवसायी नै अन्योलमा परेका छन् । तार उद्योगीको हक हितको लागि काम गर्ने तार उत्पादित कम्पनीहरूले अधिकांश नबढेको र एक कम्पनी प्रकाश केबलले मात्र मूल्य वृद्धि गरिएकोले उत्पादन गर्ने कम्पनीहरू एक मत नहुँदा बिक्री वितरण गर्ने व्यवसायीहरू नै अन्योलमा परेका छन् । कुनै कम्पनीले तारको मूल्यमा वृद्धि गरेपनि कुनै कम्पनीले नगर्दा समस्या भएको व्यवसायीले गुनासो गरेका छन् ।
 
प्रकाश केबल कम्पनीद्धारा प्रकाशित नयाँ दररेट

प्रतिक्रिया