भर्खरै

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

  • प्रकाशित मिति : बुध, असार १९, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १९ असार । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । 
 
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकको निर्णयबारे जानकारी दिँदै उहाँले सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताउनुभयो ।
 
कांग्रेस र एमालेबीच सत्ता समिकरणका लागि सोमबार सहमति भएको थियो । उक्त समिकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डा महतले बताउनुभयो ।

प्रतिक्रिया