भर्खरै

बजेट वक्तव्यः कृषि र ऊर्जासहित पाँच रुपान्तरणकारी क्षेत्र पहिचान

  • प्रकाशित मिति : मंगल, जेठ १५, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँच वटा रुपान्तरणकारी क्षेत्र तोकेको छ । 
 
अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयक्त बैठकमा बजेट पेस गर्नुहुँदै पाँच वटा रुपान्तरणकारी क्षेत्र निर्धारण भएको बताउनुभएको हो ।
 
अर्थमन्त्री पुनका अनुसार कृषि क्षेत्रको रुपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान गरेको छ ।
 
सरकारले वार्षिक बजेटमा पनि यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखी रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार