भर्खरै

‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा

  • प्रकाशित मिति : बुध, जेठ ९, २०८१
  • - विद्युत संसार
title

काभ्रेपलाञ्चोक, ९ जेठ । जिल्लाको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा सयै महिना बत्ती बाल्ने योजना छ । 
 
गाउँपालिका कार्यालयले कुनै बस्तीका घरमा केन्द्रीय बिजुलीको तार तान्न, हाउस वाइरिङ गर्न, मिटर बक्स जोड्न बाँकी रहेको वा छुटमा तत्कालै आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सार्वजनिक अपिल गरेको छ । गाउँपालिकालाई नै पूर्ण विद्युतीकरण गर्ने अन्तिम तयारीमा पुगेकाले उज्यालो अभियानलाई यही जेठमा सक्ने योजनामा रहेको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार अभियानका क्रममा वडा नं १, ३, ४, ५, ६ र ७ मा केन्द्रीय प्रसारणको बिजुली बत्ती बलिसकेको छ । गाउँपालिकामा आठवटा वडा छन् । 
 
वडा नं २ र ८ मा केन्द्रीय प्रसारण लाइनको विस्तारकार्य भइरहेको छ । “यी दुई वडामा जेठभित्र केन्द्रीय प्रसारणको लाइनमार्फत बिजुली बत्ती बाल्छौँ, हाल हामी पूर्ण विद्युतीकरणको गाउँपालिकातर्फ उन्मुख भइसकेका छौँ”, जिम्बाले भन्नुभयो ।
 
स्थानीय जनप्रतिनिधिले चार वर्षअघि महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सरकारले रु एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम थालिएको थियो । 
 
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणले महाभारत गाउँपालिका मात्र नभई काभ्रेपलाञ्चोकलाई नै पूर्ण विद्युतीकरण गर्न बाँकी रहेका स्थानीय तहमा तीव्रगतिमा विस्तार कार्यमा लाग्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । 
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्रीय प्रसारण लाइन विस्तारअन्तर्गत विद्युतीकरण भइरहेका खानीखोला गाउँपालिकाको केही स्थान, रोशी गाउँपालिकाको केही स्थान र बेथानचोक गाउँपालिकाको केही स्थानमा अपुग पोल, तार तान्नेलगायत काम एक साताभित्रै ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 17 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 17 hours ago