भर्खरै

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन

  • प्रकाशित मिति : शुक्र, बैशाख २८, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २८ वैशाख । प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध  भएको छ ।
 
पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो । सभामुख देवराज घिमिरेले दोस्रो बैठकको कारबाही आरम्भ गर्नासाथ प्रतिपक्षीका सांसदले रोष्ट्रम घेराउसहित नाराबाजी गर्नुभएको थियो ।  यसपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिन खोज्दा विपक्षीदलका सांसदले अवरोध पु¥याउनुभएको थियो ।  
 
सभामुख घिमिरेले आसनग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना कुरा राख्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम बैठक स्थगनको घोषणा गर्नुभयो । सभाको अर्को बैठक आगामीजेठ १ गते मङ्गलबार साँझ ६ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 23 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 23 hours ago