बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहमन्त्रालयले गर्‍यो आग्रह

  • प्रकाशित मिति : आइत, बैशाख ९, २०८१
  • - विद्युत संसार संवाददाता
title

गोरखा, ९ बैशाख । उत्तरी गोरखाको वीरेन्द्र ताल फुटेर बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहेन गृह मन्त्रालयले आग्रह गरेको छ।
 
आइतबार बिहान चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु  क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको मन्त्रालयले जनाएको छ।
 
‘हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्,’ 
 
बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
 
हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ। ‘बूढीगण्डकीमा पानीको बहाब उच्च भएको छ। हामीले बूढीगण्डकी छेउ किनारका बासिन्दालाई सतर्क रहन जगत, माछाखोला लगायत विभिन्न ठाउँका चौकीहरुमा सूचना गरेका छौँ’,  डिएसपी रमेशकुमार श्रेष्ठले भने, ुसामागाउँ चौकीबाट घटनाबारे थप बुझ्न प्रहरी त्यसतर्फ गइसकेको छ ।

प्रतिक्रिया