भर्खरै

रुपन्देही विद्युत व्यवसायी संघमा खराल निर्वाचित

  • प्रकाशित मिति : बुध, चैत २८, २०८०
  • - विद्युत संसार संवाददाता
title
रुपन्देही, २८ चैत्र । रुपन्देही विद्युत व्यवसायी संघको आफ्नो १२ औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशन सम्पन्न भएको छ । 
रुपन्देही तिलोत्तमामा बुधबार सम्पन्न महाधिवेशनले संघको नयाँ कार्यसमितीका अध्यक्ष पदमा शान्ताराज खराल सर्वसम्मत निर्वाचित हुनुभएको छ । 
अध्यक्षमा खरालसँगै उपाध्यक्षमा केशव कुमार सिंह, प्रथम उपाध्यक्षमा सुर्य कुंवर, दितिय उपाध्यक्षमा भिम लाल अधिकारी, महासचिवमा विष्णु भण्डारी, कोषाध्यक्षमा अनिल सुजन कुंवर, सचिव रमा थापा क्षेत्री, सह–कोषाध्यक्षमा टिकाराम गौतम, सदस्यहरुमा उपेन्द्र प्रसाद अधिकारी, जीवन प्रसाद उपाध्याय, गणेश पन्त, चिरञ्जिवि गैरे, विष्णु प्रसाद पाण्डेय, गौरव जैसवाल, राम प्रसाद गैरे साथै लेखासमिति संयोजकमा प्रेम न्यूपाने चयन हुनुभएको हो । 
प्रायः सबै पदहरुमा सर्वसम्वत निर्वाचित हुनुभएपनि महासचिव र सचिव पदमा भने निर्वाचन मार्फत चयान हुनुभएको हो । निर्वाचन प्रमुख अधिकृत पूर्व अध्यक्ष अन्नतमान थैवका अनुसार महासचिव पदमा विष्णु भण्डारी र जनेश पन्थी विच प्रतिशप्रर्धा भएको थियो जम्मा मत २४१ खस्दा विष्णु भण्डारी .१४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । भने जनेश पन्थीले ७३ मत मात्र प्राप्त गर्नुभयो । 
त्यस्तै सचिवपदमा बसन्त देव पौडेल र रमा थापा क्षेत्री विच निर्वाचन हुँदा रमा थापा क्षेत्री  १२७ मात प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको प्रतिद्धन्दी बसन्त देव पौडेल ९४ मत प्राप्त गर्नुभयो ।
यस विद्युतीय व्यवसायी संघका निर्वतमान अध्यक्ष बाहेक सदस्य १५ जना निर्वाचन प्रकृया बाट , एक जना लेखा समिती संयोजक र ३ जना मनोनित सहित १९ सदस्य समिति रहने व्यवस्था रहेको निर्वाचन प्रमुख अधिकृत थैवले विद्युत संसार अनलाईनलाई  बताए ।  
संघको यस साधारण सभा तथा महाधिवेशनले रुपन्देहीको तिलोत्तमा ७ दल्कामा करिब ६० लाखको लागतमा निर्माण भएको नवनिर्मित सचिवालय तथा किरियापुत्री भवनको चैत १० गते शनिवार एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले उद्घाटन गर्नुभएको थियो ।
एक तलाको किरियापुत्री नवनिर्मित भवनको नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पुर्व अध्यक्ष, सल्लाहकार, विभिन्न जिल्ला र क्षेत्रबाट आएका पदाधिकारी, संघका रुपन्देही र तिलोत्तमाका कार्यसमिति सदस्य लगायतको सहभागिता रहको थियो । 
तिलोत्तमा नगरपालिकाको दल्कामा सुन्दर र शान्त रमणीय स्थानमा ५ कोठासहित  करिब ६० लाखको लागतमा १ तला पक्की भवनमा प्रत्येक रुम एट्याच बाथरुमसहित निर्माण भएको छ । संघले ३ कोठा किरियापुत्रीका लागि र अन्य २ वटा कोठा अन्य प्रयोजनका लागि निर्माण गरेको हो ।
रुपन्देही विद्युतीय व्यवसायी संघको स्थायित्व, व्यवसायिक हकहित र संरक्षण गरी बुलन्द आवाज उठाउनका लागि संघले भवन निर्माण गरेको हो ।
नेपाल विद्युतीय व्यवसायी महासंघमा आवद्ध जिल्ला नगर संघहरु मध्ये क्रियाशिल र धेरै नगर संघहरु लाई एकताबद्ध गर्ने संघको रुपमा यस रुपन्देही बिद्युतीय व्यवसायी संघलाई लिने गरेको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago