भर्खरै

क्रम्पटनको नयाँ वर्ष योजना सार्वजनिक

  • प्रकाशित मिति : मंगल, चैत २७, २०८०
  • - विद्युत संसार संवाददाता/ भीमलाल श्रेष्ठ
title
काठमाडौं, २८ चैत्र । होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
 
ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि देशभरका अधिकृत विक्रेतामार्फत उठाउन सक्नेछन् ।
 
यस योजनाको अवधिभरि लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडिया को साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरूप एक जोडी थाईलान्ड जाने मौका प्रदान गरिने कम्पनीले जनाएको छ ।
 
लक्की ड्रमा सहभागिता जनाउनको लागि Crompton (space) Customer Name (space) Address (space) Warranty Card No. टाइप गरी 31003 मा SMS पठाउनुपर्नेछ ।
 
नेपालको लागि क्रम्पटन ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सी.जी. इम्पेक्स रहेको छ । सी.जी. इम्पेक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सी.जी. डिजिटल शोरुम तथा नेपालभरि डिलर नेटवर्क मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
 
क्रम्पटन ब्रान्डको नेपालमा एयर कुलर, सिलिङ्ग फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान, एक्सहस्ट फ्यान, वाटर हिटर, इलेक्ट्रिक गिजर, रुम हिटर, मिक्स्चर ग्राइन्डर, इन्डक्सन कुकर र आइरन बजारमा पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago