भर्खरै

नवलपुर विद्युत व्यवसायी सङ्घको चौथो वार्षिक साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : शनि, चैत २४, २०८०
  • - विद्युत संसार संवाददाता/ भीमलाल श्रेष्ठ
title
गैंडाकोट, २५ चैत । नवलपुर विद्युत व्यवसायी सङ्घले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपाल विद्युतीय महासङ्घका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी प्रमुख आतित्यमा संघले शनिबार पिप्रहर होमस्टे ग्रामको सभाहलमा आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
 
 कार्यक्रममा प्रमुख अतिथि जिसिले व्यापारिक सम्बन्ध बिस्तारका लागि गठन भएको जिल्ला तथा नगर सङ्घले आफ्ना सदस्यको व्यावासायिक एकतामा जोड दिनुपर्ने बताउनुभयो । 
 
 कार्यक्रममा महासङ्घका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा, महासघका पूर्व अध्यक्ष तेजनारायण खरेल, महासंघ सदस्य राजेश गौतम, बागमती प्रदेश संयोजक सरोजकुमार रेग्मी, गण्डकी प्रदेश सचिव गिरिराज बराल, लुम्बिनी प्रदेश संयोजक लोकनाथ पोखरेल, विशेष अतिथि रहेको थियो ।
 
सङ्घको चौथो सभामा ज्ञानेन्द्रप्रसाद दाहाल, दिपेश जैन, नवराज सुवेदी, ओमप्रसाद चालिसे लगायत नेपाल विद्युतीय महासङ्घ केन्द्रसँग आवद्ध भएका विभिन्न जिल्लारनगर संघका अध्यक्ष, जनप्रतिनिधि, पत्रकार तथा सङ्घका सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
 कार्यक्रममा सङ्घका सचिव दिपक सुवेदीले सचिव प्रतिबेदन, कोषाध्यक्ष नवराज पौडेलले आर्थिक कोषको प्रतिबेदन पेश गरेको सभा संयोजक गणेश सुवेदी रहेको सभालाई राजेन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सुजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago