भर्खरै

विद्युत व्यवसायी संघ चितवनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : बुध, चैत ७, २०८०
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title

चितवन (भरतपुर),७ चैत्र । विद्युत व्यवसायी संघ चितवनले  १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघले यहि चैत्र ५ गते सोमबार ग्यालेक्सी गार्डेन रिसोर्ट भरतपुर महानगरपालिका –४ यज्ञपुरीमा कार्यक्रम गरि सम्पन्न गरेको हो ।
 
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै देशैभरी छरिएर रहेको हामी विद्युतीय व्यवसायीहरुलाई एकिकृत गर्न महासंघले विभिन्न कार्यहरु गर्दै आएको छ । महासंघले अघिल्लो कार्यकालमा शुरुवात गरेको भबन निर्माणको काम आंशिक रुपमा बाँकी रहेकोे बताउनुभएको छ । व्यवसायीहरुलाई काठमाडौं जाँदा महासंघको भबनका दुईवटा तलामा गेष्ट हाउसको रुपमा बस्ने व्यवस्था मिलाउन लागिएको उहाँको भनाई थियो ।
 
महासङ्घका अध्यक्ष देवकोटाले देशमा उद्यागी र व्यवसायलाई प्रर्वद्धन गर्न सरकारले व्यवसायी मैत्री कानुन निर्माण बनाउन आवश्यक रहेको र यसमा महासंघले गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले  आगामी अधिवेशन विधान अधिवेशन हुने र विभिन्न जिल्ला नगर संघमा देखिएको पदिय मर्यादाक्रम (पोर्टफोलिया)े लाई व्यवस्थित बनाउने  बताउनुभयो । विद्युत व्यवसाय आफैमा संवेदनशिल क्षेत्र भएकाले यसमा प्रयोग हुने सम्पूर्ण समग्री गुणस्तरिय हुनुपर्ने बताउनुहुँदै उहाँले उत्पादन देखि आयात र विक्रिवितरण गुणस्तरिय सामग्रीहरु मात्र बिक्रीबितरण गर्न व्यवसायीलाई सचेत गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष देवकोटाले बिगतमा गरिदै आएको फिन इलेक्ट्रोटेक २०२४ प्रर्दशनिको लागि व्यवस्थापकहरु सँग बैंठक बसिसकेको र केहिदिन भित्रमा महासंघको बैंठक बसि मिति तय गरिने समेत बताउनुभयो । 
 
 विशिष्ट अतिथिमा उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष  चिरन्जीवी सुवेदीले आर्थिक मन्दिको विषम परिस्थितीमा साभारण सभा गरिनु व्यवसायीहरु आफैमा महत्वपूर्ण उपलव्धीमूलक रहने बताउनुभयो । विद्युतीय व्यवसायीहरुमा देखिएको समस्यालाई मिलेर समाधान गर्ने, व्यवसायी र प्राविधिक हरुलाई विभिन्न संघसंस्थाहरु मिलेर तालिमको व्यवस्थापनमा उद्योग वाणिज्य संघ चितवन आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले व्यवसायीहरुमा आपतकालीन कोष र बिमाको समेत व्यवस्थाको लागि उद्योग वाणिज्य संघ चितवन तयार रहेको बताउनुभयो ।
  त्यसैगरी उद्योग संघ चितवनका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले कार्यक्रमको सफलताको शुभकामना दिनुहुदै यस सभाबाट संघका सदस्यहरु हितार्थ र उपभोक्ताहरुको लागि गुणस्तरीय बस्तु प्रयोग गराउन ठोस निर्णय गर्न सकोस, संस्थाको हित र बढोत्तरी बिकासमा लागिरहन सकोस , व्यवसायी व्यतित्व विकास,नैतिक आचरण,सामाजिक विकासमा यस संघको बिशेष पहल होस र संघले गरिने कार्यहरुमा उद्योग संघ चितवन सदैव हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
 
शुुभकामना मन्तव्यको क्रममा क्यूपेक नेपालका चितवन अध्यक्ष गोविन्द खनाल,जिल्ला नगर संघ तर्फबाट नवलपुर विद्युतीय व्यवसायी संघका अध्यक्ष सुजन अधिकारी , प्रदेश सदस्यहरुको तर्फबाट रुपन्देही विद्युतीय व्यवसायी संघ बुटबलको अध्यक्ष लोकनाथ पोखरेल र विद्युत व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष एंव विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एंव नेपाल विद्युतीय व्यवसायी महासंघ बागमती प्रदेश सह–संयोजक श्री डोलराम न्यौपानेले मन्तव्य राख्नु भएको थियो ।
 
 अतिथिहरुमा विद्युत व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष एंव विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एंव नेपाल विद्युतीय व्यवसायी महासंघ बागमती प्रदेश सह–संयोजक श्री डोलराम न्यौपाने, नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष एंव विद्युत व्यवसायी संघ–चितवनका अग्रज सल्लाहकार तेज नारयण खरेल र विभिन्न पेशा व्यवसायी संघका अध्यक्ष एवं प्रतिनिधिहरु र महासंघ आवद्ध जिल्ला संघहरुको प्रतिनिधिको उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा इलेक्ट्रिसियन महिला पुजा सुनार, संघमा हाल सम्म कृयासिल पुराना इलेक्ट्रिसियन राम बहादुर थापा, समाजसेवी विद्युत व्यवसायी वे ग्रुप चितवनका संस्थापक भोजराज कंडेल र पुराना व्यवसायी भई निरन्तर उपभोक्तालाई सेवा प्रदान गर्ने केवी इलेक्टिकल्स का कृण्ण कुमार श्रेष्ठलाई संघले सम्मान गरिएको थियो ।
विद्युत व्यवसायी संघ चितवनको यस साधारण सभा सम्पन्न गर्न सभा स्थलमा विभिन्न ४३ वटा कम्पनीहरुले  व्यानर र २ वटा स्टल राखेर सहयोग गरेको थियो भने कार्यक्रममा करिब ३ सय जनाको उपस्थिती रहेको थियो ।
 
संघ विद्युतीय क्षेत्रमा प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो । सङ्घले आफ्नो सदस्यहरुको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदैअभिावकीय भूमिका निर्वाह गर्दै आईरहको छ ।
 
 
विद्युत व्यवसायी संघ चितवन नेपाल विद्युतीय व्यवसायी महासंमा नेपालभरबाट आवद्ध २२ जिल्ला÷नगर संघ एवं ७५ एसोसिएट सदस्यहरु मध्य उत्कृष्ठ कार्य गर्ने मध्ये विद्युत व्यवसायी संघ चितवन  पनि पर्ने गरेको छ ।

प्रतिक्रिया