संघद्धारा महाशिवरात्रिको अवसरमा निःशुल्क खानेपानी वितरण गर्ने

  • प्रकाशित मिति : बिही, फागुन २४, २०८०
  • - भीमलाल श्रेष्ठ/ विद्युत संसार संवाददाता
title

काठमाडौं, २४ फागुन । काठमाडौं विद्युतीय व्यवसायी संघ काठमाडौँले भोलि २५ गते  शुक्रबार महाशिवरात्रिको अवसरमा निःशुल्क खानेपानी वितरण गर्ने भएको छ । 
 
संघले आज २४ गते एक सूचना जारी गर्दै भनिएको छ, ''संघले गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत यही मिति २०८० साल फागुन २५ गते शुक्रबार महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई निःशुल्क ग्लुकोज पानी वितरण कार्यक्रम आयोजना गर्न लागेको जानकारी गर्दछौँ ।''
 
काठमाडौं उपत्यकाका विद्युतीय व्यवसायीहरूको साझा संगठन काठमाडौं विद्युतीय व्यवसायी संघले आफ्नो स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ ।
  

प्रतिक्रिया