माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउन आग्रह

  • प्रकाशित मिति : बुध, फागुन २३, २०८०
  • - विद्युत संसार संवाददाता
title

कर्णाली, २२ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ । 
 
मुख्यमन्त्री शर्मालाई हिजो भेट्न आउनुभएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध गर्नुभएको हो । त्यसक्रममा मुख्यमन्त्री शर्माले हालसम्मको आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको थियो । 
 
माथिल्लो कर्णाली जलविद्युत् कर्णाली प्रदेशसहित मुलुकको महत्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने सुझाव दिनुभएका मुख्यमन्त्री शर्माले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको जनाउनुभयो । आयोजनाका प्रतिनिधि शर्माले आयोजनाअन्तर्गत सबै प्रक्रिया पूरा भएको र अब काम अगाडि बढाउने बताउनुभएको थियो । 
 
नौ सय मेगावाट जलविद्युत् क्षमताको उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले लिएको छ । जिएमआरले माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अगाडि बढ्न सकेको छैन । जिएमआरले सन् २००८ मा नै आयोजना निर्माणको जिम्मा पाएको थियो । 

प्रतिक्रिया