भर्खरै

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

  • प्रकाशित मिति : शुक्र, फागुन ४, २०८०
  • - विद्युत संसार संवाददाता
title

सिमकोट (हुम्ला), ४ फागुन । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोटसुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज(सिमकोट(नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । यसका लागि सबै तयारी पूरा भएको उहाँको भनाइ छ ।
 
“नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज(सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट(सुर्खेत परीक्षण उडान हुनेछ”, उहाँले भन्नुभयो, “त्यसपछि सुर्खेत(सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।” यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन । 
 
सिमकोट(सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताउनुभयो । “सिमकोट(सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ”, उहाँले भन्नुभयो । सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ । 

प्रतिक्रिया