भर्खरै

काठमाडौं विद्युतीय व्यवसायी संघद्धारा बनभोज कार्यक्रम आयोजना

  • प्रकाशित मिति : आइत, माघ २८, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २८ माघ । काठमाडौं विद्युतीय व्यवसायी संघद्धारा बनभोज कार्यक्रम आयोजना गरेको छ । 
 
संघले बनभोज कार्यक्रम फागुन ५ गते शनिबार ग्रीन भ्याली रिसोर्ट बुढानीलकण्ठ ५ शिवपुरी काठमाडौंमा आयोजना गरेको हो । 
 
संघले एक सूचना जारी गर्दै पारिवारिक वातावरणमा हुने वनभोज कार्यक्रममा आफ्ना सदस्यहरूलाई परिवार सहितको सक्रिय सहभागिता जनाइदिनअनुरोध गरेको छ । 
 
कार्यक्रमका लागि संघले प्रतिव्यक्ति रु दुई हजार निर्धारण गरेको छ भने कार्यक्रम स्थलमा जान-आउनको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । 
 
आफ्ना सदस्यहरूलाई मनोरञ्जन प्रदान गर्न एवं सदस्यहरू बीच भेटघाटको वातावरण मिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको संघले जनाएको छ । 
 
 

प्रतिक्रिया