भर्खरै

दाङका गृहिणीको रोजाइ बिजुली चुलो

  • प्रकाशित मिति : शुक्र, माघ २६, २०८०
  • - विद्युत संसार
title

देउखुरी (दाङ), २६ माघ । दाङको घोराही उपमहानगरपालिका–६ की गीता शर्माले विगत एक वर्षदेखि बिजुली चुलोमा खाना पकाउँदै आउनुुभएको छ । त्यस अघि उहाँले ग्यासमा खाना पकाउने गर्नुहुन्थ्यो । शर्माको बसोबास घोराही बजारदेखि पाँच किलोमिटरको दुरीमा छ । ढुवानी महँगो हुने भएकाले उहाँलाई ग्यास  सकिँदा बजारबाट नयाँ सिलिन्डर मगाउन गाह्रो हुने गरेको थियोे । 
 
बिजुली चुलो प्रयोग गर्न थालेपछि शर्मालाई खाना पकाउन धेरै सहज भएको छ । उहाँ भन्नुुहुन्छ–“खाना पकाउन सजिलो भएको छ । सिलिन्डर फेर्नुपर्ने बाध्यता  छैन ।” कम खर्चमा भान्सा व्यवस्थापन गर्न पाएकामा   शर्मा औधी खुसी हुनुहुन्छ । 
 
यस्तै घोराही–१५ की सर्मिला रिजाललाई पनि अचेल बिजुली चुलो प्रयोगमा ल्याउँदा धेरै सजिलो भएको छ । उहाँ भन्नुहुन्छ, “पहिला दाउरामा खाना पकाइयो, गोबर ग्यासको पनि प्रयोग गरियो । ग्यासमा पनि खाना पकाइयो । तर तर सबैभन्दा राम्रो र सजिलो बिजुली चुलो लाग्यो । अन्य प्रविधिमा श्रम धेरै गर्नुपथ्र्यो । बिजुली चुलो प्रयोग गर्न सजिलो छ ।” न्यूनतम विद्युत् महसुलमा खाना पकाउने गरेको उहाँले बताउनुभयो ।  
 
शर्मा र रिजालको जस्तै अहिले दाङका गृहिणीको रोजाइमा बिजुली चुलो बन्दै गएको छ । ‘स्वच्छ नेपाल दाङ’ले बिजुली चुलो परियोजना ल्याएर सहुलियतमा चुलो वितरण गरिरहेको छ । चुलोको साथमा प्रेसर कुकर, खाना पकाउने भाँडाकुँडा वितरण गर्ने गरेको स्वच्छ नेपालका अध्यक्ष सुशीला पौडेलले जानकारी दिनुभयो । ‘पर्यावरण संरक्षण र स्वच्छता हाम्रो अभियान’ नारासहित बिजुली चुलो बिक्री गरिँदैआएको छ । 

प्रतिक्रिया