भर्खरै

नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी को नवौं संस्करण भृकृटीमण्डप मा संचालन

  • प्रकाशित मिति : शुक्र, माघ १९, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ १९ । मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा।लि ले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी को नवौं संस्करण माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डप मा संचालन भैराखेको छ ।
  यस प्रालिले संयुक्त रुपमा विगत ८ वर्ष देखि आयोजना गर्दै आइरहेको निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधि को बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुृँच पुर्याउने उदेश्य ले आयोजना गरिएको मिडिया स्पेस सोलुसन्स प्रालिका एमडी सिर्जल भट्टराईद्धारा प्रेसित सुचनामा  जनाईएको छ ।
 
एमडी भट्टराइले  आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरुका १५० भन्दा बढि स्टल रहेको  बताउनु भयो । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको विद्युत संसारलाई बताउनु भयो । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमाConstruction materials, Construction Machinery, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Aluminum Composite Panelsहरु को पनि उल्लेखनीय सहभागिता रहेको  छ ।
 
 प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने छ । साथै यस प्रदर्शनीमा टाईटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् । सहयोगी संस्थाहरु Society of Nepalese Architects (SONA), Interior Designers Association of Nepal (IDEA) तथा Confederation of Indian Industry (CII)   रहेको यो प्रदर्शनी पहिलो दिनमा उल्लेख्य सहभागी रहेको छ भने यो प्रर्दशनी ४ दिन सम्म चल्ने छ । प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार