भर्खरै

आजको सेयर बजार ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम, सेयर बजार ६ महिनायताकै उच्च

  • प्रकाशित मिति : मंगल, माघ २, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २ माघ । मंगलबार सेयर बजार ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ । सेयर बजारको परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । 
 
मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 
 
कुल २१४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने २ को स्थिर रह्यो । यस दिन सबै समूहहरु बढेका छन् । बैंकिङ २.०३, विकास बैंक २.६३, फाइनान्स ४.७५, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर ३.५१, लगानी ३.७०, जीवन बीमा १.७८, उत्पादन २.४९, माइक्रोफाइनान्स ३.०२, निर्जीवन बीमा १.९२, अन्य २.६२ र ब्यापार समूह २.१५ प्रतिशत बढे ।
 
यस दिन बुटवल पावर कम्पनी, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

प्रतिक्रिया