भर्खरै

गण्डकी गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

  • प्रकाशित मिति : सोम, मंसिर १८, २०८०
  • - विद्युत संसार संवाददाता
title

गोरखा, १८ मंसिर । गण्डकी गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर २१ देखि सुरु हुनेभएको छ । 
 
गाउँपालिकाको आयोजना र गाउँपालिकाको नमुना विध्यालय श्री ज्ञानमार्ग मा.वि घ्याल्चोक वडा नं. ७ को संयोजनमा मंसिर २१ देखि २३ गतेसम्म खेलकुद प्रतियोगिता हुने गाउँपालिकाको कार्यलयले जनाएको छ । 
 
प्रतियोगितामा गाउँपालिका भरिका विभिन्न ११ माध्यमिक विध्यालयहरुको सहभागिता रहने छ भने प्रतियोगितामा विभिन्न १५ खेल विधामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विध्यार्थीहरुलाई जिल्ला तथा प्रदेशमा समेत प्रतिनिधित्व गर्दै खेल्ने अवसर प्राप्त हुने हुदाँ सम्पूर्ण विध्यार्थीहरुलाई सजग, अनुशासित रही उत्कृष्ट खेल प्रदर्शन गर्न गाउँपालिका कार्यलयले आग्रह गरेको छ ।
 
गाउँपालिका कार्यापालिकाले यस वर्ष रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सहित धेरै पदक ल्याउने एक छात्र तथा एक छात्रालाई जुनसुकै प्राविधिक तथा अप्राविधिक विषयमा उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका लागि वार्षिक एक लाख रुपैयासम्मको छात्रवृत्तिको समेत घोषणा गरेको छ ।
 
प्रतियोगिताको तेस्रो संस्करण वडा नं ८ स्थित सुर्योदय मा.वि.ले जितेको थियो । अघिल्लो वर्ष वडा नं ५, दर्बुङमा आयोजना भएको खेलकुद प्रतियोगिता आयोजना भएको थियो ।

प्रतिक्रिया