भर्खरै

सशस्त्रले पठायो ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’

  • प्रकाशित मिति : आइत, कार्तिक १९, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । 
 
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सरक्षा फौज आज तीनवटा कन्टेनरमा १० हजार सात सय थान त्रिपाल लिएर रुकुम पश्चिमका लागि आज प्रस्थान गरेको हो । 
 
उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणमा रहेको सात सय थान र नम्बर २२ गुह्वेश्वरी गणमा रहेको १० हजार थान त्रिपाल लिएर तीनवटा कन्टेनर प्रभावित क्षेत्रतर्फ गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । 
 
यसअघि भूकम्प प्रभावितका लागि आवश्यक सामग्रीसहित दाङबाट रुकुम पश्चिमका लागि र सुर्खेतबाट जाजरकोटका लागि दुईवटा डिजास्टर रेस्पोन्स सिस्टम (डिआरएस) कन्टेनर पठाइसकिएको उहाँले बताउनुभयो । 
 
अहिले पनि सशस्त्र प्रहरीका पाँच सयभन्दा बढी जनशक्ति भुकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सक्रिय छन् । नेपाल प्रहरीका एक हजारभन्दा बढी जनशक्ति परिचालित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार