आक्रमक बन्दै विद्युत् प्राधिकरण, केन्द्रीय कारागार सुन्धाराको विद्युत् लाइन काटियो

  • प्रकाशित मिति : मंगल, कार्तिक १४, २०८०
  • - विद्युत संसार
title

काठमाडौं १४ कात्तिक । लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।
 
कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका हुन् ।
 
हाल ३५ सय भन्दा बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार जस्तो संवेदनशील ठाउँ विजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना हुने सूचना अधिकारी लुइँटेल बताउनुभयो ।
 
‘राति कैदीबन्दीले कुटाकुट गरे, भागे वा अरु समस्या भयो भने परिस्थिति नियन्त्रणमा लिनै असहज हुने स्थिति हुने भयो’, उहाँले भन्नुभयो, ‘कारागारजस्तो ठाउँमा विजुली काट्दा समन्वय गर्नुपर्नेमा प्राधिकरणले पनि गरेन ।’ १५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेका पनि थियौं, त्योभन्दा धेरै तिर्नलाई बजेट पनि नभएको उहाँको भनाई थियो । 
अनलाईन खबरको सहयोगमा

प्रतिक्रिया