भर्खरै

निर्माण व्यवसायीको रु छ अर्ब भुक्तानी हुने

  • प्रकाशित मिति : बिही, कार्तिक २, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, २ कात्तिक । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु छ अर्ब भुक्तानी हुने भएको छ । 
 
निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
 
अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया