भर्खरै

पर्सा विद्युतीय व्यवसायी संघको अध्यक्षमा सिताराम सर्राफ निर्विरोध निर्वाचित

  • प्रकाशित मिति : आइत, असोज १४, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, १४ असोज । पर्सा विद्युतीय व्यवसायी संघको अध्यक्षमा सिताराम सर्राफ निर्विरोध निर्वाचित हुनुभएको छ । संघको १३ गते शनिबार सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट सर्राफ अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको संघका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक कृष्ण पटेलले जानकारी दिनुभयो । 
 
अध्यक्ष सर्राफसँगै उपाध्यक्ष ओशन गुप्ता, सचिवमा मनोज लामा, कोषाध्यक्ष बिबेक गुप्ता, सहकोषाध्यक्ष उपेन्द्र साह, सहसचिव रूपक कुमार त्यस्तै कार्यसमिति सदस्याहरुमा सुनिल पासवान, सुधीर सर्राफ, पीयूष सर्राफ, नेसार अहमद, नवनित कुशवाहा, मनोज पोदार, कृष्ण प्रसाद गुप्ता निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै सल्लाहकारमा सन्तोस सर्राफ, संजय खेतान, विजय शिन्घानिया हुनुभएको पूर्व अध्यक्ष पटेलले बताउनुभयो ।
 
संघको नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको संघमा हाल सम्म एक सय भन्दा बढी साधारण सदस्य रहेको र शनिबार भएको कार्यक्रममा ७४ भन्दा बढि सदस्यको उपस्थिति रहेको पटेल जानकारी दिनुभयो । 
 
शनिबार सम्पन्न संघको १३ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा विद्युतीय व्यवसायीहरूको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटा रहनु भएको थियो । सँगै अतिथिहरूमा संघका पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago