पर्यटन बोर्डले अब विद्युतीय सवारी साधन मात्र किन्ने

  • प्रकाशित मिति : शुक्र, असोज १२, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, ११ असोज । नेपाल पर्यटन बोर्डले सवारी साधन खरीद गर्दा विद्युतीय सवारी साधन मात्र खरीद गर्ने भएको छ ।
 
दैनिक आवतजावतका लागि प्रयोग हुने गरी खरीद गरिने सवारी साधन खरीद गर्दा विद्युत सवारी साधन खरीद गरिने बोर्डले बजेटमार्फत यस्तो घोषणा गरेको हो ।
 
बोर्डले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि २ अर्ब १ करोड रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया