भर्खरै

गोरखाको गण्डकी गाउँपालिका– ८ को वडा कार्यालय भवन पालिका अध्यक्षद्धारा समुद्घाटन

  • प्रकाशित मिति : बुध, असोज ३, २०८०
  • - भीमलाल श्रेष्ठ
title
गोरखा ।  गोरखाको गण्डकी गाउँपालिका– ८ को वडा कार्यालयको भवनको संविधान दिवसको अवसर पारेर आज उद्घाटन गरिएको छ । उक्त नवनिर्मित भवनबाट वडाले आजदेखिनै वडाको सेवा समेत सुचारु गरेको हो ।
 
वडा अध्यक्षका कोकिल बहादुर पुलामी मगरका अनुसार संविधान दिवसको दिन भवन उदघाटन गरी सेवा सुचारु गरिएको हो । नवनिर्मित भवनको उद्घाटन गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेना (साकार) ले गर्दै उनले धेरै वर्षपछि वडावासीले नयाँ भवनबाट सेवा प्रवाह गर्न पाउँदा खुशी लाग्नुका साथै वडा कार्यालयको प्रशासनीक कार्यमा सहज भएको बताए ।
 
वडा अध्यक्ष पुलामी मगरले ९२ लाख रुपियाँमा गाउँपालिकाको बजेटबाट निर्माण गरिएको जानकारी दिए । गाउँपालिका र निर्माण कम्पनीबीच २०७९ साउन ९ गते सम्झौता भएको थियो । 
  सुचना पाटीमा दिएको सुचना अनुसार भ्याट रकम सहित ९६लाख ९७ हजार ९ सय ५६रुपैया ४८ पैसा मा खान्जी मल्टि कन्सल्टेन्ट प्रालि गठ्ठाघर भक्तपुर लाई १ बर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । 
   साढे दुई तलाको वडा कार्यालयमा एक बैठक कक्ष, सभा कक्ष हल, बाहेक ६ वटा कोठा रहेको उनले जानकारी दिए । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी ,गण्डकी गापा का विभिन्न वडाका वडाध्यक्ष, वुद्धिजिवी र स्थानीयहरुको समेत सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago