गोरखाको गण्डकी गाउँपालिका– ८ को वडा कार्यालय भवन पालिका अध्यक्षद्धारा समुद्घाटन

  • प्रकाशित मिति : बुध, असोज ३, २०८०
  • - भीमलाल श्रेष्ठ
title

गोरखा ।  गोरखाको गण्डकी गाउँपालिका– ८ को वडा कार्यालयको भवनको संविधान दिवसको अवसर पारेर आज उद्घाटन गरिएको छ । उक्त नवनिर्मित भवनबाट वडाले आजदेखिनै वडाको सेवा समेत सुचारु गरेको हो ।
 
वडा अध्यक्षका कोकिल बहादुर पुलामी मगरका अनुसार संविधान दिवसको दिन भवन उदघाटन गरी सेवा सुचारु गरिएको हो । नवनिर्मित भवनको उद्घाटन गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेना (साकार) ले गर्दै उनले धेरै वर्षपछि वडावासीले नयाँ भवनबाट सेवा प्रवाह गर्न पाउँदा खुशी लाग्नुका साथै वडा कार्यालयको प्रशासनीक कार्यमा सहज भएको बताए ।
 
वडा अध्यक्ष पुलामी मगरले ९२ लाख रुपियाँमा गाउँपालिकाको बजेटबाट निर्माण गरिएको जानकारी दिए । गाउँपालिका र निर्माण कम्पनीबीच २०७९ साउन ९ गते सम्झौता भएको थियो । 
  सुचना पाटीमा दिएको सुचना अनुसार भ्याट रकम सहित ९६लाख ९७ हजार ९ सय ५६रुपैया ४८ पैसा मा खान्जी मल्टि कन्सल्टेन्ट प्रालि गठ्ठाघर भक्तपुर लाई १ बर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । 
   साढे दुई तलाको वडा कार्यालयमा एक बैठक कक्ष, सभा कक्ष हल, बाहेक ६ वटा कोठा रहेको उनले जानकारी दिए । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी ,गण्डकी गापा का विभिन्न वडाका वडाध्यक्ष, वुद्धिजिवी र स्थानीयहरुको समेत सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया