नेपाल विद्युतीय व्यवसायी महासंघको रुपान्तरण दिवसको अवसरमा ४५५ जनाले गरे रक्तदान

  • प्रकाशित मिति : सोम, असोज १, २०८०
  • - भीमलाल श्रेष्ठ
title

    असोज,काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघ रुपान्तरण भएको दिन (२०६७ भाद्र ३०) गते लाई रुपान्तरण दिवसको अबसरमा ४५५ जनाले रक्तदानगरी सम्पन्न भएको छ । महासंघको रुपान्तरण दिबसको अवसरमा सामाजिक कार्यक्रम गर्ने उद्देश्य अनुसार महासंघको अनुरोधमा २२ जिल्ला÷नगर संघहरु मध्येबाट ८ जिल्ला संघहरुको आयोजना गत भाद्र ३० र ३१ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको महासंघका महासचिव गोपाल अग्रवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाएको छ । 
उक्त अवसरमा विभिन्न जिल्लामा रहेका विद्युतीय व्यवसायीहरुले रचनात्मक तवरले सहयोग गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएकोे छ ।
 
वृहत रक्तदान कार्यक्रममा क्रमशः काठमाडौं विद्युतीय व्यवसायी संघ,सुन्धारा काठमाडौंमा १३४ पिन्ट,त्यसैगरी मोरङ्ग इलेक्ट्रिक संघ विराटनगर मोरङ्गमा ७९ पिन्ट,इटहरी विद्युतीय व्यवसायी संघ इटहरी सुनसरीमा ६९पिन्ट,पोखरा इलेक्ट्रिकल एसोसिएशन पोखराकास्कीमा ४३ पिन्ट,विद्युत व्यवसायी संघ–चितवन नारायणगढ चितवनमा ४२पिन्ट,पूर्वी चितवन विद्युत व्यवसायी संघ रत्ननगर चितवनमा ३७ पिन्ट ,कैलाली विद्युतीय व्यवसायी संघ धनगढी कैलालीमा ३४ पिन्ट र नवलपुर विद्युत व्यवसायी संघ नवलपुर नवलपरासीमा १७ पिन्ट संकलन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 
नेपाल विद्युतीय व्यवसायी महासंघ व्यवसायीहरुको छाता संगठन हो । यस महासंघले विद्युतीय व्यवसायीहरुको राष्ट्रिय रुपमा परेको समस्याहरु, भन्सारमा हुने समस्या ,विद्युतीय अन्तराष्ट्रिय प्रर्दशनी(फीन इलेक्ट्रोटेक), गुणस्तरीय सामानहरु, लगायतका बिषयमा व्यवसायीहरुका हकहितको लागि पैरबी गर्ने नै महासंघ हो
। 
 
नेपाल विद्युतीय व्यवसायी महासंघले प्रत्येक २–२ बर्षमा फीन इलेक्ट्रोटेक गदै आएकोमा आगामी २०२४को अन्त्यसम्म फीन इलेक्ट्रोटेक  गर्ने योजनामा लागेकोे महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले हामीसंगको कुराकानीमा बताउनुभयो । 
 
रुपान्तरण दिवसलाई भव्य रुपमा मनाउन सहयोग गर्नुहुने जिल्ला÷नगर संघहरु एवं रक्तदान कार्यक्रममा रक्तदान गरि मानविय सेवामा सहयोग गर्नुहुने रक्तदाताहरुलाई महासंघका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया