महासंघको रुपन्तरण दिवसको अवसरमा काठमाडौं विद्युतीय व्यवसायी संघद्वारा १३४ युनिट रगत संकलन

  • प्रकाशित मिति : सोम, असोज १, २०८०
  • - विद्युत संसार संवाददाता
title

असोज काडमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघले महासंघको रुपन्तरण दिवसको अवसरमा  संघद्वारा १३४ युनिट रगत संकलन गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गत भाद्र ३० गते शनिबार महाराजगञ्ज काठमाडौंमा र भाद्र ३१ गते आइतबार भोटेवहाल, काठमाडौेंमा रक्तदान कार्यक्रम को आयोजना गरि  सम्पन्न  गरिएको छ । 
विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको  २०६७ साल देखि रुपान्तरण दिवसको रुपमा मनाउदै आएको छ ।यस बर्ष महासंघमा आवद्ध अन्य जिल्लाहरुले समेत रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ।
 
 संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै शनिबार महाराजगञ्जमा र आइतबार भोटेबहालमा रक्तदान कार्यक्रम सम्पन्न भएको संघका सचिव श्रीलाल श्रेष्ठले बताउनु भयो ।
 
संघको रक्तदान कार्यक्रमको पहिलो दिन महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा रक्तदान गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो।
 
काठमाडौं विद्युतीय व्यवसायी संघ, गोंगबु एरिया समिति र चावहिल एरिया समितिको सहयोगमा शनिबार महाराजगञ्जमा गरिएको कार्यक्रममा जम्मा ४१ जनाले रक्तदान गर्नुभएको थियो ।
 
काठमाडौं विद्युतीय व्यवसायी संघ र बोधिसत्व परिवार क्लबको संयुक्त आयोजनामा आइतबार भोटेवहालमा भएको कार्यक्रममा ९३ जनाले रक्तदान गर्नुभएको थियो । दोस्रो दिन संघका अध्यक्ष दिवेश कुमार जैनले रक्तदान गरी कार्यक्रम  शुभारम्भ गर्नुभएको थियो ।
महासंघमा आवद्ध जिल्ला संघहरुमध्ये सदस्य संख्याको हिसाबले सबै भन्दा ठूलो जिल्लाको रुपमा काठमाण्डौ विद्युतीय व्यवसायी संघ लाई लिने गरेको छ ।
 

प्रतिक्रिया