लिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर–ZH सार्वजनिक

  • प्रकाशित मिति : शनि, भदौ २३, २०८०
  • - भीमलाल श्रेष्ठ

काठमाडां, भदौ २२,लिट्मस केबल्सले एक भव्य समारोह बीच अत्याधुनिक जर्मन प्रविधिद्धारा नेपालमै उत्पादन गरिएको ईकोवायर–ZH (Ecowire -ZH)  सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको छ । ह्यालोजनमुक्त  (Ecowire -ZH)  नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथ साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त छ । आवासिय भवनहरु होस् या व्यावसायिक स्थलहरु जस्तै विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय, जहाँ पनि अत्याधिक रुपमा बिजुलीका तारहरु प्रयोग गरेको हुन्छ । नवीनतम प्रविधियुक्त (Ecowire -ZH) ले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउनेछ ।
 
ईकोवायर–ZH सार्वजनिक गरेको उक्त कार्यक्रम उद्योगका प्रमुख व्यक्तित्वहरू, मेकानिकल र इलेक्ट्रिकल तथा प्लम्बिङ्गमा आवद्ध टेक्निसियनहरु, परामर्शदाताहरू, ग्राहकवर्गहरु तथा मिडियाका प्रतिनिधिहरू उपस्थित थिए । यस कार्यक्रममा यस नविनतम प्रविधिमा आफ्नो विश्वास र उत्साह प्रकट गर्दै लिट्मस इण्डस्ट्रीज लिमिटेडमा प्रबन्ध निदेशक श्री रोहित गुप्ताले भन्नुभयो लिट्मस “ईकोवायर–ZH नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार हो । ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने उहाँले प्रतिवद्धता दोहो¥याउनु भयो”।
लिट्मस इण्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर– ZH को विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्न सक्ने कुरामा जोड दिनुभयो । यसको कम धुवाँ र उत्सर्जन–मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ । यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ । विशेष रूपमा, उत्पादनको पर्यावरण–मैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्दछ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ ।
ईकोवायर– ZH नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खीया नलाग्ने, र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार हो । आगलागी हुदाँ ईकोवायर– श्ज् ले न्यूनतम धुवाँ उत्पादन गर्छ, जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्नेछ । यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्छ, नियन्त्रण र सुरक्षा बढाउँछ साथै यो तार जन–मैत्री, पर्यावरण–मैत्री, र ओजोन–मैत्री पनि छ । ह्यालोजन–फ्री फायर रेडिएसन (HFFR) कोे अद्वितीय संरचनाले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक ग्याँसहरू कम गर्दछ । परम्परागत तारहरू भन्दा ईकोवायर–– ZH ९० र १८० मी बक्स प्याकहरूमा उपलब्ध हुनेछ । आगो लाग्दा यसमा कम धुवाँ तथा उत्सर्जनका कारण यो सबै खाले प्रयोजनका लागि उचित छ । शून्य ह्यालोजन भएको नेपालको पहिलो तारको रूपमा, ईकोवायर– श्ज् ले सुरक्षित वातावरणमा योगदान पु¥याउँछ र विद्युतीय समाधानहरूमा सुरक्षा र जिम्मेवारीप्रति लिट्मस केबल्सको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।
 
    लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी केबल निर्माता, जसले वि.स. २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि रमेश कर्प अन्तर्गतको संस्थाको रुपमा नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आईरहेको लिट्मस इण्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायहरू प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।  

प्रतिक्रिया