विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा लागेको आगो नियन्त्रणमा

  • प्रकाशित मिति : शुक्र, भदौ ८, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, ८ भदौ । काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । 
 
नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा एउटा पानी ट्याङ्करको  सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढङ्गेलले जानकारी दिनुभयो । 
 
वनस्थलीस्थित विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनको चौथो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रतिक्रिया