रक्तदान कार्यक्रम आयोजना

  • प्रकाशित मिति : शुक्र, भदौ १, २०८०
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं, १ भदौ । नेपाल इलेक्ट्रिसियन संघ र इगल मेनपावर कन्सल्टेन्टको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । 
 
राष्ट्रिय धर्मसभा दिबसको अवसरमा भदौ ९ गते शनिवार हुने सो कार्यक्रममा आयोजना गरिएको संघका अध्यक्ष प्रकाश कुमार दाहालले बताउनुभयो । 
 
संघले एक सूचना जारी गर्दै संयुक्त रुपमा आयोजना भएको रक्तदान कार्यक्रममा उपस्थिति जनाउन सम्पूर्ण इलेक्ट्रिसियन र सर्वसाधारणहरुलाई समेत आग्रह गरिएको छ ।
 
वि.सं.२०६४ सालमा स्थापना भएको संघले ईलेक्ट्रिसियनहरुको हक हितमा आवाज उठाउदैँ आएको छ । संघले ईलेक्ट्रिसियन पेसालाई मर्यदित बनाउन यस्ता सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । हाल संघमा एक हजार तीन सय भन्दा बढी ईलेक्ट्रिसियनहरुले आवद्धता रहेका छन् । 
 
इगल मेनपावर कन्सल्टेन्टका अध्यक्ष कृष्ण ढकालले श्रमिकहरुलाई वैदेशिक रोजगारी दिलाउन मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर भएको बताउनु भयो ।
अध्यक्ष ढकालका अनुसार म्यानपावर कम्पनीहरुलाई नेपाल सरकारले श्रम स्वीकृत दिएको १११ राष्ट्ररुमा श्रमिकहरु पठाउदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार निर्माण क्षेत्र संचालन भएका गल्फ र युरोपियन देशहरुमा विभिन्न क्षेत्रका प्राविधिकहरुको उच्च माग हुने गरेको विद्युत संसार सँगको कुराकानीमा बताउनुभयो । यस मेनपावरले छोटो समयमा ३ सय भन्दा बढिलाई वैदेशिक रोजगारमा पठाएको समेत बताउनुभयो ।
 
 वैदेशिक रोजगारमा सरकारले लागु गरेको वैदेशिक नियम कानुनहरुलाई पालना गर्दै सीप÷तालिम भएका र सीप नभएकाहरुलाई आफैले सम्बन्धित कामको तालिम दिएर मात्र विभिन्न देशहरु पठाउने गरेको समेत ढकालले बताउनुभयो ।
 
वैदेशिक रोजगारमा अहिलेको अवस्थालाई हेर्ने हो भने युरोपीयनदेशहरु मध्ये विशेषगरी क्रोशिया र न्यून आर्थिक अवस्थाको हकमा भन्ने हो भने खाडी राष्ट्रहरुमा श्रमिकहरु आर्कषण बढ्ने गरेको उहाँको भनाई रहेको थियो । 
नेपाल इलेक्ट्रिसियन संघ र इगल मेनपावर कन्सल्टेन्सिको संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रम दोस्रो पटक आयोजना हुन लागेको संघका अध्यक्ष प्रकाश कुमार दाहालले हामी सँगको कुराकानीमा बताउनु भयो । 
 
पहिलो रक्तदान कार्यक्रम गत बैशाख १८ गते विश्व मजदुर दिवस अवसर पारेर आयोजना गरेको कार्यक्रममा  ५० जनाको रक्तदान गरेको थियो । 
पहिलो रक्तदान कार्यक्रम विजी मल नयाँ बसर्पाकमा सम्पन्न भएको थियो भने दोस्रो कार्यक्रम आगामी भाद्र ९ गते शनिबार इगल मेनपावर अफिस प्रांङगढ महाराजगञ्जमा हुने संघका अध्यक्ष दाहालले बताउनु भयो ।

प्रतिक्रिया