भर्खरै

पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध

  • प्रकाशित मिति : सोम, साउन २९, २०८०
  • - विद्युत संसार संवाददाता
title

गोरखा २९ साउन । गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपापहरोमा पहिराे खस्दा बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ ।
 
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि आइतबार साँझपख पहिरो खस्दा बेनिघाट–आरुघाट सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो । 
 
सडक माथिबाट ठूला–ठूला ढु‌ङ्गासहितको पहिरोको कारण बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
 
सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाण्डौ ओहोर–दोहोर गर्ने र फुजेल, बेनिघाट हुँदै काठमाडौँ चितवन लगायतका सहरमा छुट्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरो लगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएकोे छ ।
 
अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
 
“ठूलाठूला ढुङ्ग पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ ।” 

प्रतिक्रिया