भर्खरै

विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरणः कुलमान घिसिङ

  • प्रकाशित मिति : बिही, साउन २५, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष ०७९/८० मा १२ अर्ब ३३ करोड रूपैयाँ  नाफा कमाएको छ ।
 
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिनुभयो । 
 
गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको घिसिङ्ले बताउनुभयो ।
 
आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।
 
पत्रकार सम्मेलनमा उहाँले आगामी २ वर्षभित्र सरकारले लिएको लक्ष्य अनुसार नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताउनुभयो । 
 
‘सरकारको लक्ष्य अनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छ,’ उहाँले भन्नुभयो । यस्तै, प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ । यस्तै, विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको घिसिङले जानकारी दिनुभयो  । यस अवघिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको उहाँको भनाई छ ।
 
प्राधिकरणका निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने लागि प्रक्रिया अगाडि बढाइसकेको समेत जनकारी दिनुभयो ।

प्रतिक्रिया