भर्खरै

सामाजिक सेवा अन्तर्गत संघद्धारा पंखा वितरण

  • प्रकाशित मिति : बुध, साउन २४, २०८०
  • - विद्युत संसार संवाददाता
title

चितवन, २४ साउन । विद्युतीय व्यवसायी संघ चितवन सामाजिक सेवा अन्तर्गत पंखा वितरण गरेको छ । संघले नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखा माडी नगरपालिका वार्ड नं. ०६ कल्याणपुर र श्री किर्तनपुर आधारभुत विद्यालय माडी नगरपालिका–०७, चितवनमा पंखा वितरण गरेको हो । 
 
विद्युतीय व्यवसायी संघ चितवनले श्री किर्तनपुर आधारभुत विद्यालय (१–५)  माडी नगरपालिका–०७, चितवनलाई ४ वटा पंखा र नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखालाई ५ वटा पंखा वितरण गरेको विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष नवराज सुवेदीले विद्युत संसारलाई बताउनुभयो । 
 
व्यवसायीहरुले विभिन्न सामाजिक सेवा अन्तर्गत वृद्धवृद्धाहरुलाई भोजन बितरण, जन्मदिन अवसरमा विद्यालयमा स्टेशनरी बितरण ,जाडो याममा विद्यालयका बालबच्चाहरुलाई न्यानो कपडा बितरण र गर्मी याममा पंखा वितरण गर्ने गरेको अध्यक्ष सुवेदीले हामीसंगको कुराकानीमा बताउनुभयो । 
 
पंखा वितरण कार्यक्रम संघका अध्यक्ष नवराज सुवेदी अध्यक्षतामा र नेपाल विधुतीय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष श्री लेखनाथ सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
 
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डोलराम न्यौपाने, तृतीय उपाध्यक्ष गोर्ख प्रसाद सापकोटा, माडी इकाई अध्यक्ष नगेन्द्र प्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति, राजकुमार गुप्ता एंव कल्याणपुर उपशाखाका सभापति राम कृष्ण अधिकारी, विद्यालयका प्र.अ.,शिक्षक र व्यवस्थापन समिती लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया