भर्खरै

विद्युत उत्पादन कम्पनीको सीईओमा बखत बहादुर शाही नियुक्त

  • प्रकाशित मिति : बिही, साउन १८, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, १८ साउन ।  विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बखत बहादुर शाही नियुक्त हुनुभएको छ ।
 
 भीयूसीएलको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलेखका शाहीलाई सीईओ नियुक्त गरेको हो ।
 
शाहीसँगै छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठ अन्तिम प्रतिस्पर्धाबाट सञ्चालक समिति बैठकले शाहीलाई नियुक्त दिइएको हो ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भीयूसीएल अन्तर्गतको फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीको नेतृत्वमा बनाउने सहमति भइसकेको छ । त्यसबाहेक ठूला क्षमताका किमाथांङ्का अरुण, मुगु कर्णाली, जगदुल्ला र नलगाढ जलविद्युत परियोजना भीयूसीएल अन्तर्गत नै विकास गर्न खोजिएको छ । 
 

प्रतिक्रिया